मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

झापामा छठ पूजाका लागि १५ सय बढी सुरक्षाकर्मी परिचालन

देश प्रदेश डेस्क 5449+ समाचार ( )
२२ कार्तिक २०८१, बिहीबार

झापा   झापामा १५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । छठ पूजामा हुने भीडभाडमा कुनै अप्रिय घटना हुन नदिन जिल्लाका ५६ स्थानमा आयोजना गरिएको छठ पूजाको सुरक्षाका लागि ११ सय जना नेपाल प्रहरी , ४०० जना सशस्त्र प्रहरी र ५६ जना ट्राफिक प्रहरी परिचालन गरिएको हो ।

जिल्लाका ५६ ठाउँमा छठ पूजा आयोजना गरिएको र १५ ठाउँमा ठूलो संख्यामा सामूहिक घाट निर्माण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उनले करिव ११ सय जना नेपाल प्रहरी जिल्लाका सबै पूजास्थलमा परिचालन गरिएको जानकारी दिए ।

त्यस्तै सशस्त्रका ४ सयभन्दा बढी प्रहरी खटाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी कविन्द्र राईले बताए ।

त्यस्तै ट्राफिक प्रहरीका करिव आधा जनशक्ति छठ पूजाको व्यवस्थापनमा खटिएका छन् । जिल्लाका ७ ठाउँमा ५६ जनालाई छठ पूजामा ट्राफिक व्यवस्थापनमा खटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार