तीन सिफ्टमा २४ सैँ घण्टा लाइसेन्स छापिँदै

देश प्रदेश डेस्क 5149+ समाचार ( )
११ श्रावण २०८१, शुक्रबार

झापा छाप्न बाँकी संख्या १६ लाखभन्दा बढी भएपछि यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) तीन सिफ्टमा २४ सैँ घण्टा छाप्ने काम भइरहेको छ ।  छपाई कार्ड नभएर १० महिना रोकिएको छपाई कार्य जेठको दोस्रो हप्तादेखि सुरु भएको हो।
जेठदेखि हालसम्म दुई लाखप्रति छापिएको विभागले जनाएको छ। १४ घण्टामा जम्मा पाँच हजारदेखि ५२ सय प्रति लाइसेन्स छापिएको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए । महिनामा एक लाख पचास हजार प्रति लाइसेन्स छापिन्छ। हाल २०७९ साउनदेखि छाप्न बाँकी रहेका कार्ड छापिएका छन्।

 तीन सिफ्टमा २४ सैँ घण्टा छापिने भएकाेले  महिनामा डेढ लाख प्रतिसम्म छापिन्छ ।  आजमात्रै राप्तीको यातायात कार्यालयमा वितरणका लागि ४९ हजारप्रति लाइसेन्स पठाएकाे उनले जनाए । सुदूरपश्चिम र कर्णालीका यातायात कार्यालयका २०८० पुस १५ सम्मका छापिएको छ।

विभागले गत माघमा जर्मनीबाट छ लाखप्रति कार्ड ल्याएको थियो। दैनिक माग र प्रिन्टको संख्या बराबर जस्तो भएकाले बाँकी रहेको प्रिन्टको व्यवस्थापन भने चुनौतीपूर्ण रहेको विभागले जनाएको छ। पनेरुले भने, “यस वर्ष अर्को मेसिन किन्ने टेन्डर रद्ध भयो। आगामी आर्थिक वर्षमा हुनसक्छ। प्रदेश सरकारले पनि प्रदेशमै प्रिन्ट गर्ने योजना अघि सारेकाे छ  ।

थप मेसिन नल्याउँदासम्म र प्रदेश सरकारबाट छपाएको काम सुरु नहुँदासम्म समस्याको समाधान सहजै हुन नसक्ने विभागको दाबी छ। लाइसेन्स नवीकरण, हराएको र नयाँ गरी हाल दैनिक चार हजारप्रति लाइसेन्सको माग छ।

२०७२ सालमा स्मार्ट लाइसेन्स लागु भएपछि छपाइमा ढिलासुस्ती हुँदै आएको हो। परीक्षा पास गरेपछि कम्तीमा दुई वर्षसम्म लाइसेन्स कुर्नुपर्ने बाध्यता छ। विभागले श्रम, अध्ययनका लागि विदेश जाने र शान्ति मिसनमा जाने सुरक्षाकर्मीलाई भने निवेदन दिएको दुई तीन दिनमै लाइसेन्स उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया

Katherin Llewelyn १६ श्रावण २०८१, बुधवार

Hey there. My name is Katherin. I am a expert in placing content and texts on different website. I am curious about your site deshpradeshnews.com and I would like to inquire about the fees and terms for publishing articles. To facilitate a smooth and fast clarification of all information, I have prepared a questionnaire https://forms.gle/58NDRfrHg3RMdRcW7 It takes no longer than 3 minutes but will make clear most the details of the project and boost each stage of your future partnership. Thank you so much in advance for your time and I am looking forward to a fruitful relationship. If you need any further more data about the questionnaire or something else, feel free to get in touch with me. Best wishes, Katherin

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार