मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

प्रधानमन्त्री ओलीद्धारा दमक भ्यू टावरको उद्घाटन

देश प्रदेश डेस्क 5490+ समाचार ( )
२३ मंगशिर २०८१, आइतबार

झापा । प्रधानमन्त्री केपी शर्माओलीले डेढ अर्बभन्दा बढीको लागतमा दमक नगरपालिका–३ मा निर्मित १८ तले भ्यू टावरको उद्घाटन गरेका छन् ।

 एमाले अध्यक्ष ओलीकै निर्वाचन क्षेत्रमा पर्ने गृहनगर दमकमा निर्माण गरिएको हो । २०७६ सालमा ओलीले दोस्रो कार्यकालका क्रममा यस टावरको शिलान्यास गरेका थिए । तेस्रो कार्यकालको प्रधानमन्त्री भएकै समयमा उनले देशकै अग्लो भनिएको यो टावरको उद्घाटन गरेका हुन् ।

‘दमक बिजनेस कम्प्लेक्स’ नाम दिइएको  संरचना निर्माण गर्न १ अर्ब ५६ करोड १४ लाख रुपैयाँ खर्च भएको छ । शहरी विकास मन्त्रालयको नेतृत्वमा निर्माण सम्पन्न गरिएको टावरलाई सञ्चालनका लागि निजी कम्पनीहरूसँग सहकार्य गरिने बताइएको छ ।

शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलका अनुसार यो बिजनेस कम्प्लेक्स चार बिगाह १६ कट्ठा क्षेत्रफलमा बनेको छ। यस कम्प्लेक्समा ९२६ वर्ग मिटरको भुईँतलासहित १८ वटा तला रहेका छन्। यस परियोजनाको कुल लागत एक अर्ब ६३ करोड ५४ लाख रुपैयाँ रहेको छ। २०८० माघ २० गते सम्पन्न गर्नुपर्ने परियोजनाको ठेक्का चिनियाँ कम्पनी जेडसिजिआइइसी, आशिष र ओम साइराम जेभीले लिएका थिए।  भ्यूटावर नभई आन्तरिक र बाह्य पर्यटकीय भित्राउने झापासहित कोशी प्रदेशकै एउटा ठूलो बिजनेस कम्प्लेक्स भएकाे बताए । कम्प्लेक्समा व्यावसायिक, व्यापारिक, मनोरञ्जनात्मक, कर्पोरेट लगायतका भवनहरू निर्माण गरिएको उनकाे भनाइ छ ।

कम्प्लेक्सबाहिर बगैँचासहित ४० वटा चार पाङ्ग्रे र दुई सय वटा दुई पाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिने उनको भनाइ छ।
सिग्देलका अनुसार टावरको व्यवस्थापनका लागि केही प्रवेश शुल्क राखिनेछ भने सञ्चालनका लागि कम्पनीलाई लिजमा ठेक्का दिन सकिने योजना छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार