मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

झापाबाट ९ महिनामा २५ हजार विदेशिए

देश प्रदेश डेस्क 5495+ समाचार ( )
१३ वैशाख २०८१, बिहीबार

झापा । वैदेशिक रोजगारका लागि झापाबाट जाने मानिसको सङ्ख्यामा कमी आएको छ । गत अर्थिक वर्षमा झापाबाट ३३ हजार ५ सय ७० जना विदेशिएका थिए भने चालु आर्थिक वर्षको नौ महिनामा २५ हजार ५ सय ८० जना वैदेशिक रोजगारमा गएका छन् । चालु बर्षमा विदेशिएकामध्ये २० हजार ५ सय ५९ जना पुरुष र अन्य महिला रहेको तथ्याङ्ले देखाएको छ ।
स्वीस सरकार विकास सहयोग एसडीसी र नेपाल सरकारको संयुक्त कार्यक्रमको रुपमा भद्रपुर नगरपालिकामा सञ्चालन गरेको सुरक्षित आप्रवासन (सामी)को तथ्यङ्कले यस्तो देखाएको हो । सामीले बुधबार भद्रपुर नगरपालिकामा पत्रकारसँग गरको छलफलमा यस्तो देखिएको थियो ।
यो तथ्याङ्कमा ९० प्रतिशत काम गर्नकै लागि विदेशिने गरेको पाइएको छ । वैदेशिक रोजगारीको सिलसिलामा ठगिमा परेपछि गत आर्थिक वर्ष ०७९÷ ८०  मा १३० वटा उजुरी परेकोमा ४० वटा फर्छैट गरेवापत ३८ लाख ४५ हजार रुपैयाँ फिर्ता गरिएको परियोजना अधिकृत शेखर बुढाथोकीले बताए । त्यसैगरी चालु आर्थिक वर्षको वैशाख ११ सम्म ११७ वटा उजुरीमा २२ वटा समाधान गरी ४५ लाख ९० हजार रुपैयाँ फिर्ता गराइएको उनले जानकारी दिए । त्यसैगरी आर्थिक सहायता तर्फ भद्रपुरमा ३ जनालाइ जनही २१ हजार र एक जनालाइ अवधि नाघेकोले क्रिया खर्च वापत २५ हजार रुपैयाँ प्रदान गरिएको जनाइएको छ ।त्यसैगरी जिल्ला प्रशासन कार्यालयबाट  ०८१ वैशाख ११ सम्म ८ हजार ९ सय ११ र गौरीगञ्जबाट १ हजार ३ सय एक जनालाइ सूचना प्रवाह गरिएको उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार