मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

भद्रपुरसहित झापाका चारवटा पालिकाले दिए विद्यालयहरूलाई गर्मी बिदा

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२९ जेठ २०८२, बुधवार

झापा अत्यधिक गर्मी भएपछि हालसम्म झापाका चारवटा पालिकाले विद्यालयहरुलाई गर्मी बिदा दिएका छन् ।बिर्तामोड , दमक ,भद्रपुर नगरपालिका र कमल गाउँपालिकाले विद्यालयहरुलाई बिदा दिएका हुन् ।

बिर्तामोड नगरपालिकाले आज एक सूचना जारी गरी भोलि र पर्सी दुई दिन पठनपाठन स्थगित गर्ने निर्णय गरिएको जनाएको छ । अत्यधिक गर्मीका कारण पठनपाठन गर्न कठिनाई भएको विभिन्न विद्यालय र अभिभावकहरुबाट माग भएपछि हिउँदे र वर्खे बिदाबाट कट्टा हुने गरी दुई दिन बिदा दिइएको शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जनाएका छन् ।

त्यस्तै दमकका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले सूचना जारी गरी भोलि र पर्सी विद्यालय बिदा दिएको जनाएका छन् ।

यता भद्रपुर नगरले पनि बिहिबार र शुक्रबार बिदा दिएकाे नगरप्रमुख गणाेश पाेखरेलले जनाए ।

यसअघि कमल गाउँपालिकाले आज र भोलि गर्मी विदा दिइसकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार