मुख्य समाचार
बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका |

टेस्ट राष्ट्रविरुद्ध नेपालको पहिलो जित

देश प्रदेश डेस्क 5496+ समाचार ( )
१२ अशोज २०८२, आइतबार

वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालले क्यारेबियन टिमलाई हराएको छ ।

नेपालले टेस्ट राष्ट्रविरुद्ध पहिलो जित निकाल्ने क्रममा शनिबार दुईपटकको टी–२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजलाई १९ रनले निराश बनाएको हो ।

युनाइटेड अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १४९ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो ।

वेस्ट इन्डिजका नविन बिदाइसीले सर्वाधिक २२ रन बनाए । अमिर जांगोले १९, कप्तान अकिल हुसैनले १८, केसी कार्थीले १६ र अकिम अगस्टेले १५ रन थपे ।

नेपालका कुशल भुर्तेलले दुई विकेट लिए । करण केसी, नन्दन यादव, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र कप्तान रोहितकुमार पौडेलले समान एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४८ रन बनाएको थियो ।

नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३८ रन बनाए । रोहितले ३५ बलमा तीन चौका र एक छक्का प्रहार गरे । कुशल मल्लले नेपाली टिमको खातामा ३० रन थपे । उनले २१ बलमा दुई चौका र दुई छक्का प्रहार गरे । १२–२ को स्थितिबाट कुशल र रोहितले ५८ रनको साझेदारी गदै नेपालको इनिङ सम्हालेका थिए ।

नेपालले १०.४ ओभरमा कुशल मल्ललाई गुमाएको थियो । नेपालले १२.४ ओभरमा कप्तान पौडेललाई गुमाएको थियो ।

नेपालको खातामा गुल्सन झाले १६ बलमा दुई छक्कासहित २२ रन जोडे । दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए । सन्दीप जोराले नौ रन थपे । करण केसी ‘गोल्डेन डक’ भए । सोमपाल कामी र नन्दन यादव क्रमशः ६ र सात रनमा अविजित रहे ।

स्कोरबोर्डमा १२ रन जोड्दा नेपालले दुवै ओपनरलाई गुमाएको थियो । नेपालले २.१ ओभरमा पहिलो विकेटका रूपमा कुशल भुर्तेललाई गुमाएको थियो । स्टम्प आउट भएका भुर्तेलले ६ रन बनाए । त्यसपछि नेपालले ३.१ ओभरमा अर्का ओपनर आसिफ शेखलाई गुमायो । आसिफले तीन रन मात्र बनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार