मुख्य समाचार
मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ |

सल्यानको एक स्कुलमा शिक्षकले विद्यार्थीलाई घाइते हुनेगरी कुटे

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१७ आषाढ २०८१, सोमबार

सल्यानको एक बोर्डिङ स्कुलमा शिक्षकले विद्यार्थीलाई घाइते हुनेगरी कुटेका छन्।

आइतबार त्रिवेणी गाउँपालिका–६ लुहाममा रहेको बल्यान पब्लिक स्कुलमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी अरुण विकलाई शिक्षकले कुटेका हुन्।

कक्षा चलेका बेला खेलेको भन्दै शिक्षक चन्द्रबहादुर डाँगीले अरूणलाई फलामको स्केलले हानेका हुन्। फलामको स्केल प्रहारबाट उनको टाउकोमा चोट लागेको छ।

घाइते अरुणलाई तत्काल स्थानीय मेडिकलमा उपचारका लागि लगिएको थियो। मेडिकलमा टाँका लगाउने सामान नभएपछि जिल्ला अस्पताल लगिएको त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष मनोज शाहले बताए।

ध्यक्ष रावतले भने, ‘विद्यालयमा बालमैत्री वातावरण सिर्जना विद्यार्थीलाई त्यहीअनुसार व्यवहार गर्नुपर्नेमा कुटपिट गर्नु राम्रो होइन, यो विषयमा कानुनी प्रावधानअनुसार शिक्षकलाई कारबाही गर्नुपर्छ।’

विद्यालयले भने अभिभावक, विद्यालय र स्थानीयबीच छलफल गरिने बताएको छ। विद्यालयका प्रिन्सिपल नेवबहादुर खड्काले सोमबार छलफल बोलाइएको बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार