मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ

देश प्रदेश डेस्क 5450+ समाचार ( )
३० जेठ २०८३, शनिबार

झापा / झापाको बिर्तामोड नगरपालिका–२ स्थित चारपाने चोकमा एक २१ वर्षीया युवतीलाई सार्वजनिक रूपमा बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्दै दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पुरानो रिसइबी र विवादका कारण स्थानीय २१ वर्षीया सबिना राजवंशीमाथि शुक्रबार साँझ करिब ६:३० बजे केही व्यक्तिहरूको समूहले अमानवीय ढंगले आक्रमण र सार्वजनिक बेइज्जती गरेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको विशेष टोलीले दुर्व्यवहारमा प्रत्यक्ष संलग्न रहेका अभियुक्तहरूलाई तत्कालै नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा कन्काई नगरपालिका वडा नम्बर ८ बस्ने १८ वर्षीय समिर मुर्मु, २० वर्षीया सबिना मुर्मु, २५ वर्षीया स्वस्तिका मुर्मु र १९ वर्षीया पुजा बस्नेत रहेका छन् । उनीहरूले पीडित राजवंशीको हात बिजुलीको पोलमा बाँधेर जबरजस्ती अनुहारमा कालोमोसो दलेका थिए । सार्वजनिक स्थलमा भएको यस किसिमको गम्भीर र अमानवीय घटनापछि स्थानीय क्षेत्रमा आक्रोश पैदा भएको छ । पक्राउ परेका चारै जना विरुद्ध मुलुकी अपराध संहिता बमोजिम सार्वजनिक दुर्व्यवहार तथा बेइज्जती सम्बन्धी कसुरमा कानुनी प्रक्रिया अगाडि बढाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार