मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

धरमपुर साकोसले दियो ६० हजार, झापामा पहिलो पटक सदस्य सापटी सेवा

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२५ अशोज २०८०, बिहीबार

धरमपुर, बैशाख ४ । धरमपुर बचत तथा ऋण सहकारी संस्थाले शिवसताक्षी नगरपालिकालाई ६० हजार रुपैयाँ सहयोग गरेको छ ।

नगरले गठन गरेको कोरोना भाईरस रोकथाम , नियन्त्रण तथा राहत व्यवस्थापन कोषमा जम्मा हुने गरी सो रकम उपलब्ध गराइएको संस्थाका व्यवस्थापक विनोद ढकालले जानकारी दिए । संस्थाका अध्यक्ष दिपकुमार श्रेष्ठ, उपाध्यक्ष कुमार शंकर , सञ्चालक सदस्य देवराज राई,व्यवस्थापक ढकालसहितको टोलीले कार्यकक्षमा नै पुगेर नगरप्रमुख चन्द्रकुमार शेर्मा र उपप्रमुख भोजकुमारी नेपाललाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको जनाइएको छ ।यसैबीच संस्थाले झापामा नै पहिलो पटक सेयर सदस्यलाई आपतकालीन सहायता ऋण उपलब्ध गराउने नीति लिएको व्यवस्थापक ढकालले जानकारी दिए । ४६५ जना सेयर सदस्य रहेको सहकारीले शिवसताक्षी — १ मा रहेको मुख्य कार्यालय र मंगलबारे सेवाकेन्द्रबाट सो सेवा उपलब्ध गराउने छ । यो दुई महिने आपतकालीन सापटी ऋण सेवा भएको संस्थाले जनाएको छ । सो सापटी ऋण बढीमा १५ हजारसम्म उपलब्ध गराइने व्यवस्थापक ढकालले जानकारी दिए । ‘ यो कार्यक्रम पहिलो र नौलो हो’ व्यवस्थापक ढकालले भने,‘ कोरोना संक्रमणको त्रासदी र अहिलेको आपतको समयमा आफ्ना सदस्यलाई सहयोग गर्नु सहकारीको पहिलो दायित्व हो ।’ उक्त सेवा सञ्चालनका लागि संस्थाले निश्चित कार्यविधि आधार तयार गरेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै