मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

एशियन हाइवेको प्रगति सुस्त, एक वर्ष सात महिनामा २५% मात्रै पूरा

देश प्रदेश डेस्क 5095+ समाचार ( )
१८ भाद्र २०८२, बुधवार

तीन वर्षे म्याद पाएको ठेकेदार कम्पनीले एक वर्ष ७ महिना गुजार्दा एसियन हाइवेको काँकडभिट्टा– लौकही सडकको पूर्वी खण्डको काम एक चौथाई पनि पूरा गर्न सकेको छैन ।

काँकडभिट्टादेखि केर्खा सितापुरीसम्मको ४५ किलोमिटर सडक एभ्रास्कोन– कालिका जे.भी.ले १० अर्ब ६ करोड रुपैयाँमा ठेक्का लिएका हुन् । उनीहरुले २०८० माघ १९ गतेदेखि काम शुरु गरेका थिए । हालसम्म भौतिक प्रगति २४.३ प्रतिशत र आर्थिक प्रगति २२.१ प्रतिशत भएको काँकडभिट्टा– लौकही सडक आयोजना पूर्वी खण्डले जनाएको छ ।

६३ वटा बक्स कल्भर्ट निर्माण सम्पन्न भएको छ भने ६१ वटा बक्स कल्भर्ट निर्माण भइरहेको छ । सव बेसतर्फ २० किलोमिटर पहिलो लेयर पूरा भएको छ भने दोस्रो लेयर १२.२ किलोमिटर पूरा भएको छ । बेसको काम भने २.१ किलोमिटर मात्र पूरा भएको काँकडभिट्टा– लौकही सडक आयोजना पूर्वी खण्डले जनाएको छ ।

पहिलो प्याकेजअन्तर्गत सडकको ठेक्का लगाइएको हो भने चौथो प्याकेजअन्तर्गत ३०० मिटरभन्दा लामा तीनवटा पुलहरु निन्दा , बिरिङ र कन्काईको ठेक्का लगाइएको छ । ५ अर्ब ९७ करोड रुपैयाँमा कोभेक–क्रेजसी–टुन्डी जेभीले ती तीनवटा पुलको ठेक्का पाएका हुन् । दुवै ठेक्काको संझौता मिति २०८० कात्तिक २ गते र निर्माण सम्पन्न गर्नुपर्ने मिति कार्य प्रारम्भ मितिबाट ३ वर्षभित्र रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार