मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

शौचालयभित्र गर्भपतन गराएर फरार भएकी बिर्तामोडकी महिला पक्राउ

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२६ कार्तिक २०८१, सोमबार

 झापाको हल्दिवारी गाउँपालिका–१ गोलधापस्थित द नेपाल हेल्थ क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरको शौचालयभित्र गर्भपतन गराएर फरार भएकी महिला पक्राउ परेकी छन् ।  झापाको हल्दिवारी गाउँपालिका–१ गोलधापस्थित द नेपाल हेल्थ क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरको शौचालयभित्र गर्भपतन गराएर फरार भएकी महिला पक्राउ परेकी छन् ।

नवजात शिशु (छोरा) गर्भपतन गराएकी बिर्तामोडकी अदाजी ३५ वर्षीया महिलालाई आइतबार दिउँसो करिब २ बजे घरबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापा ल्याइएको डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । विवाहित ती महिलाका श्रीमान् वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेको जनाइएको छ । 

अवैध सम्बन्धबाट गर्भ रहेपछि त्यसलाई डाइग्नोस्टिक सेन्टरमा गर्भपतन गराउन महिला पुगेकी थिइन् । त्यो गर्भ कसको हो भनेर ती महिलाले व्यक्तिको नाम नखुलाए पनि गोलधापतिरका व्यक्तिको भएको स्वीकारेको जनाइएको छ । 

पेट दुख्यो भनेर ती महिला शनिबार बिहान ७ बजे सिटी सफारी चढेर डाइग्नोस्टिक सेन्टर पुगेकी थिइन् । त्यहाँ पुगेपछि उनलाई इन्जेक्सन लगाइएको थियो । त्यसपश्चात् उनको गर्भपतन भएको थियो । उनले शौचालयमा गएर अन्दाजी ७ महिनाको शिशुलाई फालेर भागेकी थिइन् । प्रहरीले शिशुलाई मृत अवस्थामा फेला पारेका थिए । शिशु जीवितै जन्मिएको वा मृत अवस्थामा जन्मिएको त्यस बारेमा प्रहरीले अनुसन्धान गरिरहेको डिएसपी चन्दले बताए । ती महिलालाई सिसी टिभी फुटेजको आधारमा पहिचान गरी पक्राउ गरिएको हो । 

अहिले अनुसन्धानकै क्रममा रहेकोले महिलाको नाम सार्वजनिक नगरिएको बताउँदै डीएसपी चन्दले भने,‘ज्यान कसुर मुद्दामा अदालतबाट म्याद थपेर अनुसन्धान हुँदैछ,महिलाको बयानको आधारमा थप कुरा खुल्नेछ ।’ 

घटनामा अन्य व्यक्तिहरू पनि दोषी भेटिए उनीहरूलाई पनि कानुनी दायरमा ल्याउने उनको भनाइ छ । प्रहरीले गर्भपतन गराउने डाइग्नोस्टिक सेन्टरका सञ्चालक सुजन घिमिरेमाथि पनि निगरानी राखेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार