मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |

झापामा सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

देश प्रदेश डेस्क 5301+ समाचार ( )
२१ कार्तिक २०८१, बुधवार

                                                                                                                        साङ्केतिक तस्वीर

झापा   झापामा सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।

कात्तिक १५ गते लक्ष्मी पूजाको दिनदेखि  सोमबारसम्म पाँच दिनमा ३१ वटा दुर्घटना भएका थिए । जसमा चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

साेमबार  बिहान अन्दाजी ११ बजेको समयमा कन्काई– ५ चप्रामारीस्थित भित्री कच्ची सडकखण्डमा मे ११ प ३३८ नम्बरको मोटरसाइकलले बाटोमा खेल्दै गरेका सोही ठाउँ बस्ने बिनोद पाठकका ७ वर्षीय छोरा सोहन पाठकलाई ठक्कर दिएको थियो । घाइते बालकलाई उपचारको लागि बिर्तासिटी अस्पताल पठाएकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

त्यस्तै सवारी दुर्घटनामा परी घाइते भएका दुईजनाको उपचारका क्रममा साेमबार विहान मृत्यु भएको थियो ।कात्तिक १६ गते साँझ ६.१० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका– ११ कृष्ण मन्दिरनजिक काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको प्र १ ०२–००१ ख ९५३० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेका साइकलयात्री शिवसताक्षी–८ बस्ने अन्दाजी ६१ वर्षीय गणेश खड्कालाई ठक्कर दिएको थियो । घाइतेको बीएण्डसी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा साेमबार  बिहान अन्दाजी ५ बजे मृत्यु भएको थियो ।

त्यस्तै सोही कात्तिक १६ गतेका दिन साँझ ६.३० बजे झापा गाउँपालिका वडा नम्बर ६ किरात चौकस्थित भित्री पक्की सडकखण्डमा मोटरसाइकलको ठक्करबाट घाइते बालकको पनि साेमबार बिहान मृत्यु भएको थियो । सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे ७ प ५७५९ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने वर्ष ४० वर्षीय कमनसिंह लिङ्खा र उनका ७ वर्षीय छोरा अस्मिन लिङ्खालाई ठक्कर दिएको थियो ।
दुबै जना घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो । घाइते बालक अस्मिनको उपचारका क्रममा साेमबार बिहान ५ः१० बजे मृत्यु भएको सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले जानकारी दिए ।

त्यस्तै कात्तिक १६ गते अर्जुनधारा नगरपालिका वडा नम्बर ६ दासपुलस्थित शनिश्चरे–बिर्तामोड सडकखण्डमा मोटरसाइकल रुखमा ठोक्किँदा चालकको मृत्यु भएको थियो ।

दिउँसो अन्दाजी ४बजे शनिश्चरेबाट बिर्तामोडतर्फ तीब्र गतिमा आउँदै गरेको बा ४९ प २१५९ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको बाँया साईडमा रुखमा ठोक्किएको थियोे । दुर्घटनामा मोटरसाइकल चालक ताप्लेजुङ श्रीजंघा गाउँपालिका वडा नम्बर ६ बस्ने २६ वर्षीय सन्तोष लिम्बूको मृत्यु भएको थियो ।

मृत्यु हुने चार जनामध्ये तीन जनाको मोटरसाइकल दुर्घटनामा ज्यान गएको हो ।
त्यस्तै तिहारमा ७ जना गंभीर र ४५ जना सामान्य गरी ५२ जना घाइते भएका छन् । तिहारमा ट्राफिक प्रहरीले ६६४ वटा सवारी साधनमाथि कार्वाही गरेको थियो । ती सवारी साधनमाथिको कार्वाहीबाट ३ लाख ९९ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै