मुख्य समाचार
लक्ष्मी राजवंशी हत्या प्रकरणः सन्जु तामाङविरुद्ध अभियोग दर्ता, दुई रिहा | बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो |

पोर्चुगलमा एक झापालीसहित दुई नेपालीको मृत्यु

देश प्रदेश डेस्क 5497+ समाचार ( )
३ भाद्र २०८०, आइतबार

भद्रपुर । पोर्चुगलमा एक झापालीसहित दुई नेपालीको मृत्यु भएको छ ।
युरोपेली मुलुक पोर्चुगलमा दुई दिनमा दुई नेपाली युवाको निधन भएको हो । एक युवाले चार तलामाथिबाट हामफालेर आत्महत्या गरेका छन् भने अर्का नेपाली युवाको राति सुतेकै अवस्थामा निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापाका ३१ वर्षीय अजय थापाको मृत्यु भएको जिल्लाका डिएसपी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।
राजधानी लिस्बनस्थित सेतेरियोस बस्दै आएका झापा गौरादह नगरपालिका–३ का थापाले बिहीबार साँझ चार तलामाथि घरको झ्यालबाट हामफालेर आत्महत्या गरेको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिए । थापाले के कारणले हामफालेर आत्महत्या गरेका हुन् भन्ने विषय भने खुलिनसकेको अध्यक्ष खड्काले बताए ।
वैदेशिक रोजगारीका सिलसिलामा ६ वर्षअघि पोर्चुगल गएका थापा पछिल्लो समय खाना डेलिभरी गर्ने कम्पनी उबर इटमा काम गर्दै आएका थिए । परिवारसहित पोर्चुगल बस्दै आएका थापाको शव परीक्षणका लागि लिस्बनस्थित एक अस्पतालको शवगृहमा राखिएको उनले बताए । उनकी श्रीमती पोर्तुगलमै रहेकी छन् ।
दुई दिनअघि बाग्लुङ जिल्ला बडिगाड गाउँपालिका १ का २८ वर्षीय टेकबहादुर दर्लामी मगरको हृदयघातका कारण मृत्यु भएको थियो । मारभिल्ला कम्पनीमा कार्यरत मगरको १६ अगस्टका दिन सुतिरहेको अवस्थामै मृत्यु भएको थियो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषदका नवनिर्वाचित सदस्य बिनु बस्नेतका अनुसार परिवारसँगको छलफलपछि दुवैको पार्थीव शरीर नेपाल पठाइने छ । उनका साथीभाइले पार्थीव शरीर व्यवस्थापन गर्न आवश्यक आर्थिक सहयोग गरिदिन पोर्तुगलमा रहेका सबै नेपालीहरुलाई अनुरोध गरेका छन् । पोर्तुगलमा २०१० यता ७७ नेपालीले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै