मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

२०८२ सालबाट शेरबहादुर देउवाको पार्टी नेतृत्व बिदा हुने -महामन्त्री थापा

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१६ भाद्र २०८०, शनिबार

झापा नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले २०८२ सालबाट शेरबहादुर देउवाको पार्टी नेतृत्व बिदा हुने बताएका छन् ।

‘पार्टीको नेतृत्व ठिक भएन भनेर तपाईंहरू चिन्तै नगर्नुस्’, झापाको धुलाबारीमा शनिबार आयोजित मेचीनगर नगर सम्मेलनको उद्घाटन कार्यक्रममा थापाले भने, ‘तपाईँहरू तलको समस्या मिलाउनुस्, हामी माथिको समस्या मिलाउँछौं, ढुक्क हुनुस्, अगामी महाधिवेशनबाट अहिलेको शेरबहादुर देउवाको नेतृत्व बिदा हुन्छ ।’

उनले पार्टीमा केही समस्या र अप्ठ्यारा भने अवश्य रहेको बताए । थापाले काङ्ग्रेसमा पुनर्जागरण जरुरी भएको पनि औँल्याए । उनले पार्टीमा जब्बर बनेर ‘हायरार्की’ भल्काउनुपर्नेमा जोड दिए ।

भर्खर आएकाले नयाँले २०८४ को चिन्ता लिएर कोकोहोलो मच्चाइरहेको उल्लेख गरेका थापाले काङ्ग्रेसलाई २०८४ को चिन्ता पटक्कै नभएको बताए । केही समूहले काङ्ग्रेसलाई नै निसाना बनाएर प्रहार गरिरहेको उनको टिप्पणी छ । तर, त्यो कुन समूह हो भन्ने उनले खुलाएनन् ।

कम्युनिस्टले समाजको विश्वास कहिल्यै नगर्ने उल्लेख गरेका थापाले नेपाली समाजले गुमाएको आत्मविश्वासलाई जगाएर काङ्ग्रेसले देश बदल्ने विश्वास दिलाए । काङ्ग्रेससँग युवा र तन्नेरी पुस्ता रिसाएको बताएका उनले तन्नेरी पुस्तालाई भेटेर फकाउन नेताकार्यकर्तालाई आग्रह गरे ।

‘समाजको विश्वास डगमगाएको छ, आत्मविश्वास गुमेको छ’, महामन्त्री थापाले भने, ‘डगमगाएको विश्वास, गुमेको आत्मविश्वास जगाएर १५ वर्षभित्र देश बदल्नु र बनाउनु छ ।’ देश अब १५ वर्ष मात्र जवान रहने उनको तर्क छ ।

‘समाजमा छट्पटाहट छ,आक्रोश छ, नैराष्य छ, तन्नेरीमा विदेशिने जोड छ, आमाबुबामा छोराछोरी विदेश ठेल्ने होड छ’, उनले भने, ‘काङ्ग्रेसले यो कुरा मिहीन गरेर बुझेको छ, चार वर्षको चिन्ता छोडेर काङ्ग्रेस देश बनाउन लागेको छ ।’ उनले २०८४ को चुनाव हार्दा काङ्ग्रेसलाई केही फरक नपर्ने बताए ।

महामन्त्री थापाले निराश नबन्न र दृढ विश्वासका साथ अघि बढ्न नेताकार्यकर्तालाई आग्रह गर्दै आफूहरूकै पालामा देश समुन्नत हुने डाढस दिए । काङ्ग्रेस मेचीनगर सभापति सुवेशकुमार पनेरु (सुदय) ले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेको सम्मेलनमा सचिवद्वय मनोज घिमिरे र मुकेश लिम्बू र उपसभापति योगेन थापामगरले १४ औँ महाधिवेशनपछि नगर नेतृत्वले गरेका काम, नगरको आगमी योजना र नगर पार्टीको वर्तमान अवस्थाका बारेमा प्रष्ट्याएका थिए ।

सम्मेलनमा काङ्ग्रेस केन्द्रीय सदस्य गोमा भट्टराई, कोसी प्रदेश सदस्य विमल आचार्य, प्रदेश सांसद गोपाल तामाङ, झापा सभापति देउकुमार थेवे, उपसभापति केशवराज पाण्डे र झापा १ का क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले आआफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार