मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

सुनको सिक्री थुतेर भाग्ने पक्राउ

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१० वैशाख २०८१, सोमबार

झापा प्रहरीले चारआलीको पेट्रोल पम्प नजिकै सुनको सिक्री थुतेर भाग्ने एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १३ तेलिबारीका ३९ वर्षीय दिवस राजवंशी रहेको झापा प्रहरीले जनाएको छ ।

सोमवार साँझ ७ः२५ बजेको समयमा मेचीनगर नगरपालिका वडा नम्बर १३ श्रीनाथ पेट्रोल पम्पनजिक पूर्व पश्चिम राजमार्गमा पैदल हिडिरहेकी मेचीनगर नगरपालिका १२ सहरेडाँगीकी २१ वर्षीया रचना आङदम्वेको घाँटीमा लगाएको एक तोलाको सुनको सिक्री थुतेर भाग्दै गर्दा राजवंशीलाई फुलवासा खोलाबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता कृष्ण चन्दले जानकारी दिए ।

साइकलमा आएका राजवंशीले पैदल हिडिरहेकी आङदेम्वेको घाँटीबाट सुनको सिक्री थुती फरार भएको सूचना प्रहरीले थाहा पाउन साथ खोजीमा प्रहरीमा सक्रिय भएको थियो । प्रहरी चौकी चारआलीमा जानकारी गराउनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त टोलीले राजवंशीलाई भाग्दै गरेको अवस्थामा फेला पारी सुनको सिक्री र साइकलसहित नियन्त्रणमा लिइएको थियो । राजवंशीलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्दले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार