मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

दम्पतीको झगडाले हवाईजहाजको आपतकालीन अवतरण

देश प्रदेश डेस्क 5449+ समाचार ( )
२१ श्रावण २०८१, सोमबार

दम्पतीको झगडा, परालोको आगो भन्ने उखान हामीकहाँ चर्चित छ । यसको अर्थ हो कि पतिपत्नीको झगडा भनेको मिलिहाल्छ अर्थात् फासफुस भैहाल्छ, त्यसैले अरुले टाउको दुखाउनु पर्दैन। तर, श्रीमान श्रीमतीबीचका सबै झगडाको आगो कहाँ निभिहाल्दो रहेछ र ?

कतिपय झगडालु दम्पतिहरु त यतिसम्म जब्बर हुुँदा रहेछन् कि उनीहरुको मारमुंग्रीले गर्दा आकाशमा उडिरहेको हवाइजहाज समेत आपतकालीन रुपमा अवतरण गर्नुपर्ने आपत आइलाग्दो रहेछ ।

आयरल्याण्डमा हालै एउटा यस्तै घटना भएको डेलीस्टारले उल्लेख गरेको छ ।

समाचार अनुसार आयरल्याण्डको डब्लिनबाट स्पेनको म्यालोर्काका लागि उडान भरेको उक्त जहाजका यात्रुका रुपमा रहेका एक दम्पतिबीच जहाज भित्रै झगडा सुरु भयो ।

आखिर पतिपत्नीको झगडा न हो, एकछिनमै कलह शान्त भैहाल्ला भन्ने अरु सबै यात्रु तथा चालक दलको विश्वास थियो । तर, त्यस्तो भएन । झगडा उग्र बनेर मारमुंग्रीकै तहमा पुग्यो । जसका कारण यात्रु तथा उडान सुरक्षालाई मध्यनजर गर्दै चालक दलले जहाजलाई गन्तव्यमा नलगी डाइभर्ट गरेर नान्टेस विमानस्थलमा आकस्मिक अवतरण गराए ।

बेलुकी करिब सबा सात बजे आयरल्याण्डको राजधानी डब्लिनबाट उडेको उडान नं इआइ७३८ को आयर लिंगसको जहाज करिब एक घण्टापछि पाइलटले आकस्मिक अवतरणको घोषणा गरेका थिए । उक्त जहाजभित्र यात्रुको रुपमा रहेका एक दम्पतिबीच निकै उग्र झगडा भएसँगै विमानका कर्मचारीले उनीहरुलाई शान्त पार्ने कोसिस गर्दा समेत झगडिया लोग्नेस्वास्नी मारपिटमै उत्रिन थालेपछि अवस्था नियन्त्रण बाहिर गएको थियो । त्यसपछि सो जहाजलाई न्यानटेस विमानस्थलमा आकस्मिक अवतरण गराइएको हो ।

जहाजभित्र कुटपिट तथा झगडाका क्रममा पत्नीकाे अनुहारमा चोट लागेको थियो ।

पत्नीमाथि हातपात गर्ने पुरुषलाई विमान अवतरण पश्चात् पक्राउ गरिएको थियो । झगडालु दम्पतिलाई निकालेसँगै करीब २ घण्टापछि जहाज पुनः उडाइएको थियो ।

जहाजभित्रै झगडा तथा मारपिट गर्ने ती झगडालु पति पत्नीको नाम चाहीँ खुलाइएको छैन ।अनलाइन खबरबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार