मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

झापाबाट ४८४ सीमा स्तम्भको मर्मत सम्भार र रंगरोगन सुरु

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१८ मंगशिर २०८०, सोमबार

पूर्वका ४८४ सीमा स्तम्भको मर्मत सम्भार र रंगरोगनको कार्य आजदेखि सुरु भएको छ । सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीले नेपाल–भारत सीमा नाका छुट्टाउने सीमा स्तम्भको मर्मत सम्भार र रंगरोगनको कार्य झापाको मेचीनगर–७ स्थित सतीघट्टाबाट शुभारम्भ गरेको हो । 

सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेशका डीआइजी अञ्जनीकुमार पोखरेल, कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी राजेश बास्तोला, भारतीय सीमा सुरक्षा बल ४१ बटालियनका नविनकुमार रायले सोमबार बिहान एक संक्षिप्त कार्यक्रमका बीच ९१/१ पिलरको रंगरोगन गर्दै मर्मत कार्यको शुभारम्भ गरेका हुन् । 

कोशीका तीन जिल्ला झापा, मोरङ र सुनसरीसम्मका बिजोर नम्बर पिलरहरूको मर्मत सम्भार र रंगरोगनको कार्य झापाबाट सुरुवात गरिएको सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेशका डीआइजी अञ्जनीकुमार पोखरेलले बताए । 

जोड नम्बर सीमा पिलरहरूको मर्मत सम्भार र रंगरोगनको कार्य भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले यसअघि नै गरिसकेको बताउँदै डीआइजी पोखरेलले भने, ‘बिजोर पिलरको जिम्मा विशेष कार्य विधिबाट सशस्त्र प्रहरीलाई दिइएको हो, सोही अनुसार यस अभियानको थालनी गरेका हौँ ।’ 

५० प्रतिशतभन्दा बढी क्षति पुगेका ९हराएका, भत्किएका, बगाएका सीमा स्तम्भ सुरक्षा निकायले गर्न मिल्दैन । त्यसको लागि दुवै देशका संयुक्त नापीसहितको टोली फिल्डमा खटिएर मात्र राख्न मिल्ने बताउँदै डीआइजी पोखरेलले भने,‘मर्मत सम्भार र रंगरोगन गरेपश्चात् ६० देखि ७० प्रतिशत सीमा पिलरको अपडेट सशस्त्रसँग हुन्छ ।’

झापामा साना, मझौला र ठुला गरी ३ सय १७ सीमा पिलरको मर्मत सम्भार र रंगरोगन गरिने सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्यालले जानकारी दिए । त्यस्तै मोरङमा ३४ र सुनसरीमा १ स ३३ गरी ४ सय ८४ पीलरको मर्मत सम्भार र रंगरोगन गरिने जनाइएको छ । 

यता सीमा पिलर मर्मत सम्भार र रंगरोगन शुभारम्भ कार्यक्रममा राष्ट्रिय अनुसन्धान निर्देशक किशोरकुमार श्रेष्ठ, मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, भद्रपुर नगर प्रमुख गणेश पोखरेल, जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीलगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार