मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

धनगढीमा पुलिस स्कुलकी शिक्षिका मृत फेला, प्रेमी पक्राउ

देश प्रदेश डेस्क 5450+ समाचार ( )
८ भाद्र २०८०, शुक्रबार

झापा धनगढीस्थित दिपेन्द्र प्रहरी स्कुलकी शिक्षिका मृत भेटिएकी छन् । दार्चुलाको मार्मा गाउँपालिका–६ घर भएर धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा पढाउँदै आएकी २२ वर्षीय राजेश्वरी डडाल मृत भेटिएकी हुन् ।

उनी धनगढी उपमहानगरपालिका–३ को चटकपुरमा बिहीबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोश बस्यालले जानकारी दिए ।

यस घटनामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । युवतीका प्रेमी भनिएका २५ वर्षीय जगदिश कोट्टारीलाई प्रहरीले पक्राउ गरेको हो । घटनामा पीडित पक्षले दिएको किटानीका आधारमा कोट्टारीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए ।

उनकाअनुसार चटकपुरमा आफन्तको घरमा बस्दै आएकी डडाल घरभन्दा करीब डेढ सय मिटर उत्तरतर्फ झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । मृतक र पक्राउ परेका कोट्टारी प्रेम सम्बन्धमा थिए । कोट्टारी विवाहित हुन् ।

उनी अखिल क्रान्तिकारीबाट उम्मेदवार भएर दार्चुलाको लटिनाथ क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए । डडाललाई आत्महत्या गर्न बाध्य पारेको भन्दै मृतकका परिवारले कोट्टारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार