मुख्य समाचार
सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव | नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै |

डम्बर गिरीलाई कानुनी कारबाही गर्न झापाका दलित संघ संगठनको माग

देश प्रदेश डेस्क 5336+ समाचार ( )
३० चैत्र २०८०, शुक्रबार

झापा झापाका दलित संघ संगठनहरुले जातको आधारमा भेदभाव गर्ने हल्दिवारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरीलाई कानुन बमोजिम कारबाही गर्न माग गरेका छन् ।

जिल्ला स्तरीय दलित संघ संगठनहरुको भेलाले दलित अधिकारकर्मी, जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेललाई जातीय भेदभाव तथा छुवाछूत गर्ने गिरीलाई कारबाहीको माग गरिएको हो ।

एक विज्ञप्ति सार्वजनिक गर्दै जातको आधारमा अपमान गर्ने गिरीको अभिव्यक्ति विरुद्ध प्रतिकार गर्न न्यायप्रेमी जनसमुदायसँग जोडदार माग गरिएको छ ।

कारबाहीको माग गर्दै नेपाल दलित संघका सभापति दल बहादुर विश्वकर्मा, मुक्ति समाज झापाका अध्यक्ष तिलक गजमेर, नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष सुर्यबहादुर विश्वकर्मा (सुरेश), कोशी प्रदेश सदस्य कुमार ठटाल, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठन झापाका अध्यक्ष रमेश बिश्वकर्मा, दलित जागरण अभियान केन्द्रका अध्यक्ष छविलाल विश्वकर्मा र ओरिफ नेपालको उपाध्यक्ष निरु परियारले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय सचिव, नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य समेत रहेका पोर्तेललाई हल्दिवारी गाँउपालिका पूर्व उपाध्यक्ष गिरीले टेलिफोन सम्बाद मार्फत जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ आकर्षण हुने गरि अभिव्यक्ति दिएको छन् ।

चैत्र १८ गते भएको सो सम्वादमा जातीय हिंसा बढाउने, जातीय रुपमा घृणा फैलाउने र जातीय उच्चनिच जनाउने दुव्र्यवहार पुर्ण अभिब्यक्ति प्रति दलित अधिकारको क्षेत्रमा क्रियाशील झापााका संघसंगठनहरुको ध्यानाकर्षण भएको जनाउदै कारबाही माग गरेका छन् ।

जातीय विभेद गर्ने गिरी विरुद्ध पीडित पोर्तेलले २०८० चैत २८ गते ईलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा जाहेरी दिएका छन् । प्राप्त सूचना अनुसार जाहेरी आज दर्ता भइसकेको छ । इजलासबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार