मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

दलित युवाको अधिकारको माग गर्दै अर्धनग्न प्रदर्शन

देश प्रदेश डेस्क 5416+ समाचार ( )
३० भाद्र २०८१, आइतबार

झापा दलित युवाहरूले अर्धनग्न प्रदर्शन गरेका छन् । समानुपातिक समावेशी प्रतिनिधित्व लगायत दलितहरूको आत्मसम्मान र सशक्तिरणका लागि संविधानप्रदत्त अधिकार कार्यान्वयनको माग गर्दै  अर्धनग्न प्रदर्शन गरेका हुन् ।

 माइतीघर मण्डलामा विगत ३९ दिनदेखि आन्दोलन गरिरहेका युवाहरूले  अर्धनग्न जुलुस गर्दै आफ्ना मागबारे पुनः ध्यानाकर्षण गराएका हुन् । अर्धनग्न र अन्य सहभागी प्रदर्शनकारीले माइतीघरदेखि बानेश्वरसम्म विभिन्न नारा लगाएर प्रदर्शन गरेका थिए ।

‘दलितका लागि दलित अभियान नेपाल’ का संयोजक खगेन्द्र सुनारले दलितलाई समान अवसर र अधिकारको पालना नभएको भन्दै आफूहरू ३९ दिनदेखि आन्दोलनमा रहे पनि हालसम्म सम्बन्धित निकायबाट कुनै सुनुवाइ नगरेको गुनासो गर्नुभयो । त्यसैकारण आज अर्धनग्न प्रदर्शन गर्नु परेको उहाँले बताउनुभयो ।

आन्दोलनकारीले संविधानको व्यवस्थाअनुसार सबै तहका मन्त्रिपरिषद्, नीति निर्माणका तह, निकाय तथा नियुक्तिलगायत राज्यका सबै तहमा जातीय जनसङ्ख्याका आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने, शिक्षा, स्वास्थ्य, रोजगारी, भूमि, आवासलगायत अधिकारको कार्यान्वयन गरिनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार