मुख्य समाचार
बिर्तामोडका गिरी धरौटीमा रिहा | ग्यास उद्योग महासंघ भन्छः मागअनुसार नियमित आपूर्ति भइरहेको छ | करेन्ट लागेर घाइते विद्युत् कर्मचारीलाई झण्डै २० लाख क्षतिपूर्ति | ‘पाता कस्ने’ अभिव्यक्तिले चर्कियो ग्यास विवाद, मन्त्रीसँग माफी माग्न उद्योगीको माग | बाढीपछि प्रश्नैप्रश्न : रविको माग–‘अब दल होइन, संसद् नै विपद्को मोर्चामा उभिनुपर्छ’ | भद्रपुरमा दर्दनाक दुर्घटना : बोलेरोबाट मार्बल झार्दा किचिएर मजदुरको मृत्यु | शहीद दिवसमा प्रधानमन्त्रीको प्रतिबद्धता : ‘जेनजी, सुशासन कायम भएरै छाड्नेछ’ | जसको विगत विवादै–विवादमा, उनीहरू नै जेनजी स्मृति सभाका अतिथि | प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु | जेन्जी छानबिन प्रतिवेदन : दोषी खोज्न बनाइएको आयोग, दोषी जोगाउन दराजमा राखिएको हो प्रतिवेदन ? |

झापामा एउटै गाउँका ६ जनालाई दादुराको संक्रमण

देश प्रदेश डेस्क 5437+ समाचार ( )
३ माघ २०८०, बुधवार

                                                                                                                     साङ्केतिक तस्वीर

झापा झापा गाउँपालिकाको एउटै गाउँका ६ जनालाई दादुराको संक्रमण देखिएको छ । झापा गाउँपालिकाको ७ को सन्थाल बस्तीका ६ जनालाई दादुरा देखिएको हो । ७ वर्षदेखि ३७ वर्षसम्मका उमेर समूहका संक्रमितहरु ४ जना महिला र २ जना पुरुष रहेका छन् । सन्थाल बस्तीका सन्थाल समुदायका दुई जना, थापा थरका तीन जना र बराइली थरका एकजनामा पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । त्यस्तै बिर्तामोडका एकजनामा पनि दादुराको संक्रमण देखिएको छ । झापा गाउँपालिकामा ६ जनामा दादुरा आउट ब्रेक भएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले बताए ।

सन् २०२३ मा झापामा ६ जनालाई दादुरा देखिएको थियो । तर, सन् २०२४ को दुई साताकै अवधिमा ७ जनालाई संक्रमण देखिसकेको स्वास्थ्य प्रमुख बाराकोटीले बताए । झापा गाउँपालिकामा पहिलो संक्रमण पुस १३ गते देखा परेको थियो । शरणामती स्वास्थ्य चौकीमा आएका ती सङ्क्रमितको रगत परीक्षणका लागि ल्याबमा पठाइएको थियो । त्यसको रिपोर्ट पुस २५ गते पोजिटिभ आएपछि झापा गाउँपालिकाको स्वास्थ्यकर्मीहरूको टोलीले पुस २६ गते सो टोलमा खटिएर नमुना संकलन गरेको थियो । त्यसबेला ६ जनाको रगत संकलन गरिएकोमा पाँच जनामा पोजिटिभ देखिएको झापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेमकुमार न्यौपानेले बताए । त्यसको रिपोर्ट शुक्रवार आएको हो ।

यसरी एउटै गाउँका ६ जनामा दादुरा देखिएपछि स्वास्थ्यकर्मीहरुले सक्रिय खोज शुरु गरेका छन् । मङ्गलवार विश्व स्वास्थ्य संगठनका प्रतिनिधि , स्वास्थ्य कार्यालयको टोली , गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियासहितका जनप्रतिनिधि , विद्यालयका शिक्षकलगायतबीच संक्रमण रोकथामका विषयमा बृहत् अन्तरक्रिया गरिएको छ । स्वास्थ्य शाखा प्रमुख न्यौपानेले अन्य सङ्क्रमितको खोजीका लागि कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको बताए । उनले रेपिड रेस्पोन्स टिम परिचालन गरिने , घरधुरी सर्वेक्षण गरिने , सम्बन्धित व्यक्तिहरूलाई अभिमुखीकरण गरिने जानकारी दिए । सङ्क्रमितहरूलाई भिटामिन ‘ए’ को उपचार गरिएको उनले बताए । अन्तरक्रिया कार्यक्रममा विश्व स्वास्थ्य संगठनकी सङ्गीता शाह , स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी , गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया , सुनसरीका कन्हैया शाह, वडा नं ५ र ७ का वडाध्यक्षहरू, स्वास्थ्य शाखा प्रमुख प्रेमकुमार न्यौपानेलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार