मुख्य समाचार
लक्ष्मी राजवंशी हत्या प्रकरणः सन्जु तामाङविरुद्ध अभियोग दर्ता, दुई रिहा | बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो |

ब्राजिलमा बस–ट्रक जुध्दा ३८ जनाको मृत्यु

देश प्रदेश डेस्क 5497+ समाचार ( )
७ पौष २०८१, आइतबार

साओ पाउलो । दक्षिणपूर्वी ब्राजिलको मिनास गेराइस राज्यको एक राजमार्गमा बस र ट्रक एक आपसमा ठोक्किँदा ३८ जनाको मृत्यु भएको छ । शनिबार बिहानको यस घटनामा अन्य धेरै घाइते भएको बताइएको छ । अधिकारीहरूका अनुसार दुर्घटनापछि अन्य १३ जना घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको थियो । साओ पाउलोबाट हिँडेको बसमा ४५ जना यात्रुहरू सवार थिए ।बसको टायर फुट्दा चालकले नियन्त्रण गुमाएपछि बस ट्रकसँग ठोक्किएको बताइएको छ ।

सञ्चार माध्यमहरूमा छापिएका खबरअनुसार केही प्रत्यक्षदर्शीहरूले ग्रेनाइटको टुक्रा बसमा ठोक्किएको पनि बताए । यसका कारण तीन यात्रु सवार अर्को कार पनि बससँग ठोक्किएका थिए । तर कारमा सवार सबै यात्रुको सकुशल उद्धार भएको छ । यस वर्षको अहिलेसम्मको अवधिमा ब्राजिलमा ट्राफिक दुर्घटनाका कारण१० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको यातायात मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार