मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

AI ले खोस्नै नसक्ने मानिसको क्षमता के हो ?

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२८ वैशाख २०८२, आइतबार

हामी यस्तो समयमा छौँ, जहाँ एआई (कृत्रिम बौद्धिकता)ले धेरै काम गर्न सक्छ । कम्प्युटरको कोड लेख्न, तथ्याङ्कको विश्लेषण गर्न तथा मान्छेका कुराकानीको नक्कल गर्न पनि सक्छ । हामी आश्चर्यचकित हुँदै सोच्छौँ, अब मेसिनले गर्न नसक्ने के बाँकी रह्यो होला ! हामीलाई अब सबै कुरा मेसिनले गर्न सक्छजस्तो लाग्न सक्छ तर, एउटा यस्तो क्षमता छ, जसले मान्छेलाई मेसिनभन्दा फरक बनाइदिन्छ । त्यो हो– जिज्ञासा ।

एआईले कुनै पनि मान्छेको तुलनामा असाध्यै छिटो सूचनाको संश्लेषण गर्न सक्छ । विभिन्न ढाँचामा आधारित प्रश्नहरूको नक्कल गर्न सक्छ तर, उत्सुक भएर हेर्न भने सक्दैन । यसले आफ्नैलागि भनेर कुनै अज्ञात वा नवीन कुराको खोजी गर्न सक्दैन । हो, यही मानवीय गुण अर्थात् जिज्ञासालाई मेसिनले खोस्न सक्दैन । आजको दिनमा यही जिज्ञासाको आवश्यकता बढिरहेको छ ।

जिज्ञासाले आविष्कार र नवप्रवर्तनलाई जन्म दिन्छ । सिकाइलाई गति दिन्छ तथा नवीनतम् उपलब्धि हासिल गराउने प्रश्नहरूमा घोत्लिन प्रेरित गर्छ । जिज्ञासा नै त्यस्तो चिज हो, जसले हामीलाई नयाँ औषधि पत्ता लगाउन, व्यापारिक मोडेलहरूको पुनर्कल्पना गर्न तथा यथास्थितिलाई चुनौती दिनतर्फ अग्रसर गराउँछ ।

यस्तै सन्दर्भबारे बिल गेट्सको एउटा पुस्तक छ । त्यसको नाम हो– ‘सोर्स कोडः माई न्यु बिगिनिङ्स’ । पुस्तकमा गेट्स लेख्छन्, ‘जिज्ञासा भन्ने कुरा शून्य वा केही नभएको ठाउँमा सन्तुष्ट हुँदैन । यसलाई स्याहार चाहिन्छ । स्रोत–साधन चाहिन्छ । मार्गदर्शन तथा सहयोग चाहिन्छ ।’

उनी आफ्नो बाल्यकालमा आफ्ना अन्तहीन प्रश्नलाई झिजो नमानी सम्बोधन गर्दै, आफ्नो रुचिलाई प्रोत्साहन गरेर जीवनभरका लागि स्वाभाविक गुण बनाइदिएकोमा आफ्ना अविभावकलाई ठुलो श्रेय दिन्छन् । यस्तो प्रकारको सहयोग एआईले पाउन सम्भव हुँदैन । यसैले मानिसलाई मेसिनभन्दा फरक बनाउँछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार