मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी बन्द

देश प्रदेश डेस्क 5488+ समाचार ( )
९ आषाढ २०८२, सोमबार

वर्षायाम सुरु भएसँगै चितवन राष्ट्रिय निकुञ्जभित्र यही असार १५ गतेदेखि जिप सफारी बन्द हुने भएको छ ।

निकुञ्जले हरेक वर्ष असार १५ देखि करिब तीन महिना निकुञ्जभित्र जिप सफारी बन्द गर्दै आएको छ । गत वर्ष असार १६ गतेबाट बन्द भएको जिप सफारी असोज २४ गते फूलपातीदेखि पुनः सञ्चालनमा आएको थियो ।

गत वर्ष असोजमा बाढी आएका कारणले जिप सफारी सञ्चालन गर्न समय लागेको थियो । बर्खाको सिजन छोटो भए असोजको पहिलो साता नै र वर्षातको समय लम्बिए अवस्था हेरेर मात्रै जिप सफारी पुनः खुला गरिन्छ । बर्खाले बिगारेको सडक मर्मत, ढलेका रुखहरु पन्छाउने र विभिन्न पुलहरुको मर्मत पछि मात्रै जिप सफारी खुला गरिन्छ ।

वर्षायाममा पानी बढी हुने, खोला खोल्सा बढ्ने, रुखहरु ढल्ने, बाटोसमेत चिप्लो हुने, घाँस पनि बढ्ने एवम् जंगली जनावरहरुसमेत नदेखिने कारणले निकुञ्जले जीप सफारी हरेक वर्ष बन्द गर्दै आएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार