मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

महारानीझोडाबासीले ६० वर्षपछि पाए धनीपुर्जा

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२४ मंगशिर २०८१, सोमबार

झापा  करिव ६ दशकदेखि भोगचलनमा रहेर पनि धनीपुर्जा नपाएका गौरादह ४ र ५ का जग्गाधनीहरुले आज प्रधानमन्त्रीको हातबाट पाएका छन् ।

साबिक महारानीझोडा गाविस र हाल गौरादह –४ र ५ अन्तर्गतका जग्गाधनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले दर्ता प्रमाणपूर्जा वितरण गरेका हुन् ।

गौरादह –५, स्कुलचौनस्थित शिव मन्दिर परिसरमा विशेष नापी कार्यालय झापाको आयोजनामा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले जग्गाधनीहरुलाई धनीपुर्जा वितरण गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमन्त्री अग्नि खरेल, प्रदेश सांसद, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । आज करिब ३ सयवटा पूर्जा वितरण गरिने जनाइएको छ ।

गत साउन महिनादेखि धनीपुर्जा वितरणको प्रक्रिया शुरु भएको थियो । त्यहाँको करिव ५ हजार विगाह जग्गाको धनीपुर्जा प्राप्त हुन सकेको थिएन । ती जग्गा करिव साढे ७ हजार जनाले भोगचलन गर्दै आएका छन् । यति धेरै जनाको जग्गाको समस्यालाई पटक पटक समाधान गर्न खोजिएपनि हल भएको थिएन । केपी ओली नेतृत्वको सरकारले त्यहाँको जग्गाको समस्या हल गर्नेगरी काम अगाडि बढाएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार