मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

बर्दियाबाट काठमाडौं जाँदै गरेको रात्री बस दाङमा दुर्घटना ,दुई जनाको घटनास्थलमै मृत्यु

देश प्रदेश डेस्क 5486+ समाचार ( )
८ माघ २०८०, सोमबार

                                                                                                                       साङ्केतिक तस्वीर

झापा बर्दियाबाट काठमाडौं जाँदै गरेको रात्री बस दाङमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

दाङको लमही नगरपालिका-९ स्थित रिहार प्रहरी चौकीबाट ४ किलोमिटर पश्चिमको जंगल क्षेत्रमा प्रदेश ३- ०१००५ ख ९७१९ नम्बरको रात्री बस आइतबार राति ११ बजे दुर्घटना भएको दाङका प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए।

दुर्घटनमा परी बर्दियाको गेरुवा गाउँपालिकाका – १ का ३६ बर्षीय भिमनाथ योगी र ठेगाना नखुलेका युवराज चौधरीको घटनास्थलमै मृत्यु भएको डिएसपी मल्लले बताए।

डिएसपी मल्लका अनुसार सडकको भित्तामा बस ठोक्किदा दुई जनाको च्यापिए घटनास्थलमै मृत्यु भएको हो।

‘बस जंगल क्षेत्रको सडकको भित्तामा ठोक्किन थालेपछि दुई जनाले ज्यान जोगाउन हाम फाल्न खोज्दा च्यापिएर घटनास्थलमै मृत्यु भएको जस्तो देखिएको छ,’डिएसपी मल्लले भने।

चालक निदाएका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ।

दुर्घटनामा चालक मात्रै घाइते छन्।  बसमा सवार अन्य यात्रु निदाएको तथा सबै सकुशल रहेको प्रहरीले बताएको छ। मृतक दुबै जनाको पोष्टमर्टमका लागि  दाङको लमही अस्पतालमा राखिएको छ। घटना बारे अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ।

पुस २८ गते राति महेन्द्र राजमार्ग अन्तरगत बाँकेको नेपालगंजबाट काठमाडौं जाँदै गरेको बस दाङको राप्ती गाउँपालिका – १ भालुवाङस्थित राप्ती पुलबाट खस्दा १२ जनाको मृत्यु भएको थियो। २४ जना घाइते भएका थिए।

लामो दुरिका सवारी साधनमा दुई जना चालक राख्नुपर्ने नियम कार्यान्वयन नहुँदा दुर्घटना नियन्त्रण हुन सकेको छैन।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै