मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

झापामा बाढी र डुबानमा परी १,११७ जना विस्थापित

देश प्रदेश डेस्क 5488+ समाचार ( )
१२ अशोज २०८१, शनिबार

झापा ।  झापामा बाढी र डुबानमा परी २३८ घरपरिवारका १,११७ जना विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विस्थापितलाई छिमेकी तथा अन्य सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
बिरिङ खोलाको बाढी पसी झापा गाउँपालिका–६ भन्द्रबस्तीका ५० घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
बस्ती डुबान भएपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ । भद्रपुर–३ स्थित नयाँ बस्तीमा ३० घर डुबानमा परेका छन् । उनीहरूलाई भद्रपुर–२ महेशपुरस्थित स्वास्थ्य चौकीमा स्थानान्तरण गरिएको छ ।
त्यस्तै, बाह्रदशी गाउँपालिका–२ स्थित सुकुम्वासी बस्तीमा २४ घरमा पानी पसेको छ । उनीहरूलाई आफ्नो घरमा सारिएको प्रवक्ता चन्दले जानकारी दिए ।
यस्तै, भद्रपुर–५ गैरीगाउँमा मेची खोला पस्दा २० घर विस्थापित भएका छन् । शिवसताक्षी नगरपालिका–१० बिहानी टोलमा कनकाई खोलाले कटान सुरु गर्दा १५ घरमध्ये ६ घर अति जोखिममा रहेकाले मुक्तिघाटको भवनमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ । यस्तै, शिवसताक्षी–७ मा एक घरपरिवार विस्थापित भएका छन् ।
बिर्तामोड–५ र बिर्तामोड–४ मा ७ घर परिवार विस्थापित भएका छन् । बिर्तामोड–८ बाह्रबिघेमा ३ घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कनकाई नगरपालिका ३ झर्ना बस्तीमा शन्का खोला र सुरुंगा खोलाको पानी पस्दा ११ घर विस्थापित भएका छन् । बिर्तामोड–३ सिर्जना टोलमा अदुवा खोलाको पानी पस्दा ९ घर विस्थापित भएका छन् । हल्दिबारी गाउँपालिका–२ खर्साङचोकमा १३ घरपरिवार विस्थापित भएका छन् ।
भद्रपुर–६ डाँगडोरा खोलाको पानी पस्दा दुई घर विस्थापित भएका छन् । झापा गाउँपालिका–६ मा बिरिङ खोलाको बाढी पस्दा तीन घर विस्थापित भएका छन् ।

गौरीगञ्ज गाउँपालिका–१ बाङ्गे टोलमा कमल खोला पस्दा १२ घरपरिवार विस्थापित भएका छन् । भद्रपुर–४ मेची गाउँमा डुबानले ६ घर विस्थापित भएका छन् । कचनकवल गाउँपालिका–७ भट्टा टोलमा डुबान हुँदा १५ घरपरिवार विस्थापित भएका छन् । विस्थापितलाई आफन्त, छिमेकी र सार्वजनिक भवनहरूमा राखिएको प्रहरीले जनाएको छ

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै