मुख्य समाचार
नेपाल– भारत सीमामा अर्का बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ |

सिटी सफारीको ठक्करबाट छोरीको मृत्यु ,आमा घाइते

देश प्रदेश डेस्क 5196+ समाचार ( )
१४ आषाढ २०८१, शुक्रबार

                                                                                                                                साङ्केतिक तस्वीर

झापा झापाको दमकमा सिटीसफारीको ठक्करबाट छोरीको मृत्यु भएको छ भने आमा घाइते भएकी छन् ।

आज दिउँसो १.४५ बजेको समयमा दमक नगरपालिका वडा नम्बर १ बरगाछीस्थित भित्री पक्की सडकखण्डमा श्रीपाली टोलबाट बेलडाँगीतर्फ जाँदै गरेको मे १ ह ६४०९ नम्बरको सिटी सफारीले पैदलयात्री काठमाडौ घर भई हाल दमक नगरपालिका वडा न.१मा डेरा गरी बस्ने २४ वर्षीया शर्मिला लिम्बू (मगर) र उनका छोरी २ वर्षीया आरुसी मगरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । दुवैलाई उपचारको लागि दमकको लाईफलाईन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा दिउँसो २ बजे आरुसी मगरको मृत्यु भएको  जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए । हात खुट्टामा सामान्य चोट लागेकी शर्मिला लिम्बूको उपचार भइरहेको उनले जनाए ।

बालिकाको शव सोही अस्पतालमा रहेको छ । नाम, थर, वतन नखुलेका सिटी चालक फरार रहेकाले खोजतलास भइरहेको र सिटी सफारी इलाका प्रहरी कार्यालय दमकमा ल्याई राखेको  प्रहरीले जनाएको छ । मृतक बालिकाका बुवा अजय मगर बारा जिल्ला ४० नम्बर गणमा कार्यरत सशस्त्र प्रहरी जवान भएको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार