मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |
मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |


बीपी प्रतिष्ठानका विद्यार्थी अनशनमाः पठन–पाठन र परीक्षा सञ्चालन गर्न माग

देश प्रदेश डेस्क 5475+ समाचार ( )
२५ माघ २०८०, बिहीबार

झापा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनका कारण पठन–पाठन प्रभावित बनेपछि विद्यार्थीहरू अनशनमा बसेका छन् ।

पढ्न पाउने संवैधानिक अधिकार हनन् नगर्न र यथाशीघ्र पढाइ सुरु गर्न माग गर्दै विद्यार्थीहरू २४सै घण्टा रिले अनशनमा छन् । ‘विद्यार्थीको इच्छा, स्वायत्त मेडिकल शिक्षा’ नारासहित जारी रिले अनशनमा बसेका विद्यार्थीहरूको पूर्ण क्षमतामा पठन–पाठन र परीक्षाका गतिविधि चाँडै सञ्चालन गरिनुपर्ने एक सूत्रीय माग छ ।

मेडिकल शिक्षाजस्तो मानव स्वास्थ्यसँग जोडिने संवेदनशील विषयमा गम्भीर बन्न आग्रह गर्दै एक सातादेखि रिले अनशन जारी रहे पनि कतैबाट सुनुवाइ नभएको प्रतिष्ठानस्थित विद्यार्थी कल्याण समाजका अध्यक्ष डा. ओम शान्ति रजकले बताए । प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सक विगत २५ दिनदेखि बढुवा माग गर्दै आन्दोलनमा उत्रिएपछि प्रतिष्ठानको स्वास्थ्य सेवा र शैक्षिक कार्यक्रम प्रभावित बनेको छ । आन्दोलनका कारण विद्यार्थीको पढाइ र परीक्षामा समेत असर पर्ने भएपछि ध्यानाकर्षण गराउन रिले अनशन जारी राखिएको समाजका अध्यक्ष डा. रजकको भनाइ छ । उनी भन्छन्, ‘पठन–पाठन सुरु नभए हामी आमरण अनशन बस्न बाध्य हुनेछौँ ।’ प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सक लामो समयदेखि आफ्नो बढुवा नभएको भन्दै पटक–पटक आन्दोलनमा उत्रिएका छन् । गत कात्तिकमा पनि करिब एक महिना आन्दोलनका कारण प्रतिष्ठानको स्वास्थ्य र शैक्षिक गतिविधि प्रभावित बनेपछि कात्तिक २० गते धरानका राजनीतिक दलको रोहवरमा प्रतिष्ठान प्रशासन र आन्दोलनकारीबीच वार्ता भएको थियो ।

वार्तामा लोकसेवा आयोगसँग परामर्श लिएर पुस २ गतेदेखि बढुवाका लागि प्रक्रिया अगाडि बढाउने सहमति भएपछि आन्दोलन अन्त्य भएको थियो । तर, सहमतिअनुसार प्रक्रिया अघि नबढेको भन्दै शिक्षक, कर्मचारी तथा चिकित्सक पुनः आन्दोलनमा उत्रिएका कारण पठन–पाठन र स्वास्थ्य सेवामा प्रभाव परिरहेको छ । लोकसेवा आयोगले कानूनबमोजिम प्रतिष्ठानको नियमावली संशोधन गरेर मात्र नियुक्ति तथा बढुवा प्रक्रिया अघि बढाउन पटक–पटक निर्देशन दिएको छ तर, प्रतिष्ठानकै ढिलासुस्तीका कारण नियमावली संशोधन हुन सकेको छैन । उच्च अदालत विराटनगरले समेत लोकसेवा आयोगको उपस्थितिविना बढुवा प्रक्रिया अघि नबढाउन आदेश दिएको छ । आन्दोलनमा उत्रिएका शिक्षक, कर्मचारी भने तुरुन्तै बढुवा प्रक्रिया अघि बढाउन माग गरिरहेका छन् ।

प्रधानमन्त्री दाहालले यसअघि नै प्रतिष्ठानको समस्या समाधान गर्न प्रतिष्ठानका सह–कुलपति तथा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई निर्देशन दिएका थिए । स्वास्थ्यमन्त्री बस्नेतले प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई सञ्चालक परिषद् (सिनेट) बैठक राखेर समस्या समाधान गर्न आग्रह गरेका थिए । का.मु. उपकुलपति कार्कीले कार्यकारिणी समिति (कास) बैठक राख्ने प्रयास गरे पनि आन्दोलनकारीले सुरुमै बढुवा प्रक्रियाको ग्यारेन्टी माग्दै आन्दोलन जारी राखेपछि समस्या समाधान हुन सकेको छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार