मुख्य समाचार
भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला |
मुख्य समाचार
भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला |


बर्दीबास मेडिकल कलेज निर्माणमा एकपछि अर्को सर्त थपिदै

देश प्रदेश डेस्क 5197+ समाचार ( )
१३ माघ २०८०, शनिबार

काठमाडौं । मधेश प्रदेशकै गौरवको आयोजना मानिएको बर्दीबास मेडिकल कलेज निर्माणमा एकपछि अर्को सर्त, समस्या र चुनौती थपिँदै गएपछि यसको भविष्य अनिश्चित र अन्योलपूर्ण बन्दै गएको छ । निर्माणको प्रारम्भिक चरणमै वातावरणमा पर्ने प्रभावको विषयलाई लिएर कलेजविरुद्ध २०७८ माघ ३ गते अदालतमा रिट निवेदन दायर भएपछि यसको काम दुई वर्षपछि धकेलिएको थियो । सर्वोच्च अदालतले सातबँुदे सर्तसहित २०८० साल जेठमा बर्दीबास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाविरुद्ध परेको यो रिट निवेदन खारेज गरेपछि निर्माण प्रव्रिmयाले गति लिने आशा पलाएको थियो ।सर्वोच्चको त्यही सर्तलाई आधार बनाएर माघ ३ गते बसेको मन्त्रीपरिषद्को बैठकले जारी गरेको १३ बँुदे सर्तात्मक आदेशले कलेज पूर्वाधार निर्माणको प्रव्रिmयालाई थप जटिल र पेचिलो बनाएको छ । सर्वोच्चको आदेशले मधेश प्रदेशका लागि महर्ष बनेको बर्दीबास मेडिकल कलेजलाई मन्त्रीपरिषद्को यी सर्तले विस्मातमा परिणत गरेको स्थानीयले प्रतिव्रिmया दिएका छन् । बर्दीबास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनालाई सर्तहरू पालना गर्ने गरी महोत्तरीको बर्दीबास नगरपालिका ४ मा पर्ने माइस्थानको सामुदायिक वन क्षेत्रको ५४.५८४ हेक्टर जग्गा प्रयोग गर्न दिने र यो जग्गामा रहेका विभिन्न प्रजातिका एक हजार ९६७ वटा रुख पोल हटाउन स्वीकृति दिने भनी मन्त्रीपरिषद्ले गरेको निर्णयले सरोकारवालालाई कलेज निर्माण निल्नु न ओकल्नुको अवस्थामा पु याएको हो । यसै समस्यालाई लिएर बर्दीबास नगरपालिकाले शुव्रmबार आयोजना गरेको अन्तव्रिर्mया कार्यव्रmममा मेडिकल कलेज निर्माणका प्रव्रिmयामा अवरोध सिर्जना गर्ने त्यस्ता प्रावधान संशोधन गर्नुपर्ने माग उठाएका छन् । बर्दीबास नगर प्रमुख प्रह्लाद क्षेत्रीको अध्यक्षतामा आयोजित अन्तव्रिर्mयामा सहभागी सङ्घीय एवं प्रदेश सांसदहरू तथा राजनीतिक दलका प्रतिनिधिहरूले मन्त्रीपरिषद्ले जारी गरेको सर्तमध्ये बुँदा नं ४ संशोधन गर्नुपर्ने धारणा राखेका छन् । बँुदा नं ४ को सर्त अनुसार मेडिकल कलेज निर्माणका लागि उपलब्ध गराइने ५४.५८४ हेक्टर राष्ट्रिय वनको क्षेत्रफलमा कम नहुने गरी राष्ट्रिय वनसँग जोडिएको समान भौगोलिक र पारिस्थितिकीय प्रणालीसँग मिल्दोजुल्दो वनको विकास गर्न सकिने भूबनोट भएको निजी जग्गा खरिद गरी वन तथा भूसंरक्षण विभागको नाममा रजिस्ट्रेसन पास गर्नुपर्ने प्रावधान राखिएको छ । अन्तव्रिर्mयामा सहभागी क्षेत्र नं १ का सङ्घीय सांसद लक्ष्मी महतो, प्रदेश सांसदहरू भरतप्रसाद साह र शारदादेवी थापा, नेपाली कांग्रेसका नेता चिरञ्जीवी हमाल, नेकपा एमालेका भीम आले, जनमत, राप्रपा, लोसपा, जसपा, नेकपा एसलगायतका पार्टी प्रतिनिधिले मेडिकल कलेजको हलो अड्काउने गरी मन्त्रीपरिषद्ले थोपरेको यो सर्त संशोधन गर्नुपर्ने, धारणा राख्नुभएको थियो । करिब ५५ हेक्टर भनेको ८० बिघा बराबरको जग्गा हो । समान भौगोलिक र पारिस्थितिकीय प्रणालीसँग मिल्दोजुल्दो भनेको चुरे निकट भावर क्षेत्रको जग्गा हो । गरिबीले पिल्सिएको यस भेगमा यति ठुलो क्षेत्रफल भएको निजी जग्गा छँदैछैन । यस्तो अवस्थामा वन तथा भूसंरक्षण विभागको नाममा कुन जग्गा पास गर्ने ? कि बस्ती खाली गराउने ? अन्तव्रिर्mया कार्यव्रmमका सहभागीले प्रश्न उठाएका छन् ।यी सर्तहरू तेर्साएर माओवादी नेतृत्वको सरकारले बर्दीबास मेडिकल कलेजको नाममा राजनीति गर्न खोजेको सङ्घीय सांसद लक्ष्मी महतो र प्रदेश सांसद शारदादेवी थापाले आरोप लगाउनुभयो । जग्गा शोधभर्नाको सर्तका बारेमा माओवादी नेता एवं प्रदेश सांसद भरतप्रसाद साहको पनि बिमती छ । उहाँले भन्नुभयो, जग्गा शोधभर्ना पूरा गर्न नसकिने सर्त हो । यस विषयलाई माथिल्लो निकायमा उठाएर संशोधन गराउन सबै दल ऐक्यबद्ध हुनु पर्छ । बर्दीबास नगर प्रमुख प्रह्लाद क्षेत्रीले आरोप प्रत्यारोपभन्दा पनि पर्ती, नदी उकास जस्ता जग्गा अधिग्रहण गरेर जग्गा शोधभर्ना गर्नेतर्फ मन्त्रीपरिषद्बाट निर्णय गराउनेतर्फ सबैले ऐक्यबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नगर प्रमुख क्षेत्रीले भन्नुभयो, सबै एक भएर अगाडि बढे जग्गा शोधभर्नाको सर्त पनि नीतिगत रूपमै समाधान गराउन सकिन्छ होला ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार