मुख्य समाचार
नेपाल– भारत सीमामा अर्का बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ |

भद्रपुर विमानस्थलमा युवतीसंगै काठमाडौमा थप दुई लागूऔषध कारोवारी पक्राउ

देश प्रदेश डेस्क 5196+ समाचार ( )
२१ माघ २०८२, मङ्गलबार

भद्रपुर विमानस्थलमा युवतीसंगै काठमाडौमा थप दुई लागूऔषध कारोवारी पक्राउ परेका छन् । पक्राउ परेकी युवतीको बयानको आधारमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका वडा नं ६ वस्ने ३० वर्षीय सन्तोष बञ्जारा र रामेछाप दोरम्बा गाउँपालिका वडा नंः–५ गुन्साल वस्ने २१ वर्षीय थोर्मस तामाङलाई बुढानिलकण्ठ नगरपालिका वडा नंः ६ खड्का भद्रकालीबाट लागूऔषध नियन्त्रण ब्युरो काठमाडौको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । प्रारम्भिक सोधपुछका क्रममा भद्रपुर विमानस्थलमा पक्राउ परेकी २६ वर्षीया रोशनी बुढाले अन्य कारोवारीहरूसमेत काठमाडौमा रहेको बताएकी थिइन् ।

हिजो साँझ ५ः३५ बजे भद्रपुर विमानस्थलमा विमानस्थल सुरक्षा गार्डले चेकजाँच गर्ने क्रममा यती एयरको फ्लाईट नं. ९२६ बाट भद्रपुरबाट काठमाडौ जान लागेकी हुम्ला खार्पुनाथ गाउँपालिका वडा नं. २ घर भई हाल देश भारत कलकत्ताको स्वंव जापानिज रेष्टुरेन्टमा विगत २ वर्षदेखि वेटरको काम गर्दै आएकी रोशनीले लगाएको सुरुवालको दुईवटै गोजीमा २ वटा प्लाष्टिकको पोकामा प्लाष्टिकबाहेक १४४ ग्राम ४०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापाबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार