मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

एकीकृत समाजवादीको भाेलिदखि मेची–महाकाली जागरण यात्रा

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१३ अशोज २०८०, शनिबार

झापा नेकपा एकीकृत समाजवादी पार्टीले भोलिबाट शुरु गर्न लागेको मेची–महाकाली जागरण यात्राको तयारी पूरा भएको छ ।

काँकरभिट्टाबाट शुरु गरिने यात्रा एक हजार किलोमिटरको रहने बताईएको छ । शनिवार काँकरभिट्टामा पत्रकार सम्मेलनको आयोजना गर्दै जागरण यात्राका विषयमा जानकारी दिईएको थियो ।
जागरण यात्राका विषयमा पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी गराएका थिए ।

जागरण यात्राको उद्घाटन पार्टीका अध्यक्ष माधवकुमार नेपालले गर्ने र भोलि नै बिर्तामोड तथा दमकमा जागरण सभाको आयोजना गर्ने पार्टीका उपाध्यक्ष घनेन्द्र बस्नेतले जानकारी दिए। पत्रकार सम्मेलनमा स्वागत पार्टीका झापा इन्चार्ज पुष्प पोखरेलले गरेका थिए ।

पार्टीका उप महासचिव डा. विजय पौडेलले जागरण यात्राका विषयमा जानकारी गराउँदै पार्टी स्थापनाको दुई वर्षमा सबै जनताका बीचमा पुग्न नसकेकाले आफ्ना एजेन्डा जनतामाझ पुर्याउन देशव्यापी यात्रा निकालेको बताए । उनले आफ्नोे पार्टीका एजेण्डा अरु पार्टीको भन्दा भिन्न रहेको भन्दै मेची महाकाली जागरण यात्राले पार्टीलाई थप मजबुद बनाउने विश्वास ब्यक्त गरे ।

‘पार्टीको पहिलो एजेण्डा नै बेरोजगारी उन्मुलन हो’ उनले भने,‘ देश खाली गराएर गिट्टी बालुवा छरेर मात्र विकास हुँदैन । तसर्थ देशमा बेरोजगारी उन्मुलन गर्न जरुरी छ ।’उनले कृषि उत्पादनमा बृद्धि , राष्ट्रिय उद्योगको संरक्षण पनि यात्राको एजेन्डा रहेको सुनाए ।पत्रकार सम्मेलनको सञ्चालन पार्टीका प्रचार विभाग सचिव प्रकाश खतिवडाले गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार