मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

धरान छिर्नै पाएन गाँजा बोकेको एम्बुलेन्स

देश प्रदेश डेस्क 5490+ समाचार ( )
१४ फाल्गुन २०८०, सोमबार

झापा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारस्थित ड्युटीमा खटिएका प्रहरीलाई एम्बुलेन्सभित्र गाँजा रहेको पहिल्यै सूचना आइसकेको थियो । प्रहरीले एम्बुलेन्सको नम्बर भने पत्ता लगाउन सकेको थिएन । बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्सभित्र गाँजा होला भन्ने अनुमान कसलाई थियो र ? तर शनिबार यस्तै दृश्य भेडेटारमा देखिएको छ ।

साइरन बजाउँदै आएको एम्बुलेन्सभित्र बिरामी मान्छे कोही नभएपछि शङ्का लागेर चालकमाथि केरकार गर्दा प्रहरीले ५२ केजी गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारका वरिष्ठ सइ जीवन कार्कीका अनुसार एम्बुलेन्समा गाँजा रहेको सूचना पाए पनि गाडी नम्बर र रुट जानकारी थिएन । नम्बर पत्ता लगाउन धरान–धनकुटा राजमार्गमा शुक्रबार र शनिबार गुडेका एम्बुलेन्सहरूको डाटा चेकजाँच गरियो । जम्मा २१ वटा एम्बुलेन्स गुडेको रेकर्ड भेटिए पनि एउटा एम्बुलेन्स फर्किएको रेकर्ड देखिएन । पर्खाइमा बस्ने क्रममा सफलता प्राप्त भएको वरिष्ठ सइ कार्कीले बताए । वरिष्ठ सइ कार्कीका अनुसार धनकुटाबाट धरानतर्फ आउँदै गरेको मे.१ च २०३२ नम्बरको एम्बुलेन्सलाई रोकेर चेकजाँच गर्दा शनिबार बिहान १० बजे ५२ केजी गाँजा बरामद भएको हो ।

यस्तै सुनसरीको वराहक्षेत्र नगरपालिका–१ बाघखोलाबाट पनि गाजाँसहित एम्बुलेन्स नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरी बेस क्याम्प चतराको टोलीले को.१ च २९३७ नम्बरको एम्बुलेन्समा लोड गरेको अवस्थामा नौ बोरा गाँजा बरामद गरेको हो । एम्बुलेन्स चालक भने एम्बुलेन्स र गाँजा छाडेर फरार भएका छन् । २ बजे बिहानको राति लोड गर्दै गरेको अवस्थामा गाँजा बरामद गरिएको सशस्त्र प्रहरीका इन्स्पेक्टर डिकबहादुर गोलेले जानकारी दिए । गाँजा र एम्बुलेन्स इलाका प्रहरी कार्यालय चक्रघट्टीमा आवश्यक कारबाहीका लागि बुझाइएको छ ।

सोही क्षेत्रबाट यही फागुन ८ गते तेल बोक्ने ट्याङ्करमा ६ सय केजी गाँजा बरामद भएको थियो । गाँजा बरामद गर्ने टोलीको नेतृत्व पनि उनै वरिष्ठ सइ कार्की नै थिए । धरानबाट धनकुटातर्फ तेल लिएर गएको को.१ ख ७३२२ नम्बरको ट्याङ्कर केही समयपछि नै फर्किएपछि शङ्का लागेर हेर्दा भित्र ६ सय केजी गाँजा बरामद भएको वरिष्ठ सइ जीवन कार्कीले बताए । ‘खाली भएको ट्याङ्करको आवाज र भारी भएको आवाज नै फरक हुन्छ; त्यही आवाजलाई मध्यनजर गरेर चेकजाँच गर्दा नसोचेको सफलता हात प¥यो’–वरिष्ठ सइ कार्कीले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै