मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

विपद्का घटनामा परेर एक सय १७ जनाको ज्यान गयाे

देश प्रदेश डेस्क 5482+ समाचार ( )
२६ श्रावण २०८२, आइतबार

झापा चार महिनाकाे अवधिमा  विपद्का घटनामा परेर एक सय १७ जनाको ज्यान गएको छ भने पाँच सय ६४ जना घाइते भएका छन् । गत वैशाखदेखि यही साउन २४ गतेसम्म कुल दुई हजार छ सय ७५ विपद्का घटना भएका हुन् । ती घटनाबाट चार हजार ७२५ घरपरिवार प्रभावित भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा बाढीजन्य एक सय ९८ घटना हुँदा १६ जनाको ज्यान गएको छ भने २१ जना बेपत्ता भएका छन् । बाढीबाट एक हजार ३१३ घरपरिवार प्रभावित भएका छन् ।
प्राधिकरणको विवरणअनुसार पहिरोका कुल दुई सय ८१ घटना भएका छन् । त्यसमा परेर १३ जनाको ज्यान जाँदा १७ जना घाइते भएका छन् । यस्तै, भारी वर्षाका कारण एक सय ७४, चट्याङका दुई सय ४४, सर्पदंशका ७४, आगलागीका एक हजार ६६, वन डढेलोका एक सय ५८, हावाहुरीका दुई सय ७६, जनावर आक्रमणका एक सय ५३, लेक लागेर ४१, भूकम्पका पाँच घटना भएका छन् । विपद्जन्य घटनाका कारण चार हजार सात सय २५ घरपरिवार प्रभावित भएका छन् । त्यसमा परेर २२ जना बेपत्ता भएका छन् ।
यस्तै, साउन २४ गतेसम्म मात्रै ३५ विपदका घटना भएका छन् । त्यसमा सबैभन्दा बढी पहिरोका १३, आगलागीका चार, बाढी एक, अविरल वर्षा पाँच, चट्याङ एक, लेक लागेको दुई र जनावरको आक्रमणबाट एउटा घटना भएको छ । ती घटनामा परेर ६ जना घाइते भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै