मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

निपाह भाइरसको जोखिम बढ्दै, झापामा पूर्व तयारी गर्न जिल्ला प्रशासनमा छलफल

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१२ माघ २०८२, आइतबार

झापा / निपाह भाइरस एक घातक संक्रमणका रूपमा चिनिँदै आएको छ, जसले मानिसको ज्यानसमेत लिन सक्छ। स्वास्थ्य विज्ञहरूका अनुसार निपाह भाइरस मुख्यत: फल खाने चमेरा जातीकाे चराबाट मानिसमा सर्ने गर्दछ। साथै दूषित खाना, संक्रमित जनावर तथा मानिस–मानिसबीचको नजिकको सम्पर्कबाट पनि यो भाइरस फैलिन सक्ने जोखिम रहन्छ।

निपाह भाइरस संक्रमण भएपछि सुरुमा सामान्य रुघाखोकी वा ज्वरो जस्तो देखिए पनि पछि अवस्था गम्भीर बन्न सक्छ। यसको मुख्य लक्षणमा उच्च ज्वरो, टाउको दुखाइ, खोकी, बान्ता, पखाला, सास फेर्न गाह्रो हुनु, अत्यधिक थकान, चेतना गुम्ने तथा दौरा आउने रहेका छन्। गम्भीर अवस्थामा बिरामीको मस्तिष्क सुन्निन सक्ने चिकित्सकहरू बताउँछन्।

स्वास्थ्यकर्मीहरूका अनुसार निपाह भाइरसको अहिलेसम्म निश्चित खोप वा प्रभावकारी औषधि उपलब्ध छैन। त्यसैले यसबाट बच्न सावधानी अपनाउनु नै सबैभन्दा प्रभावकारी उपाय हो। चमेराले टोकेका वा झरेका फलफूल नखाने, फलफूल राम्रोसँग धोएर मात्र खाने, काँचो खजुरको रस सेवन नगर्ने, बिरामी व्यक्तिसँग नजिकको सम्पर्कबाट टाढा रहने तथा हात साबुनपानीले बारम्बार धुने सुझाव दिइएका छन्।  

स्वास्थ्य मन्त्रालयले ज्वरोसँगै स्नायुसम्बन्धी लक्षण देखिएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ। समयमै उपचार र सावधानी अपनाउन सके निपाह भाइरसको जोखिम कम गर्न सकिने स्वास्थ्य विज्ञहरूको भनाइ छ।

जिल्ला प्रशासन कार्यालय झापामा याे भाइरस नेपाल भित्रिन नदिनका लागि पूर्व तयारी र सजक रहन छलफल गरिएकाे छ ।

प्रमुख जिल्ला अधकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरिक्षक बसुन्धरा खड्का, जिल्ला स्वास्थ कार्यालयका प्रमुख वृज कुमार दास, प्रादेशिक अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. सञ्जय कुमार गुप्ता, भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गाेरखनाथ मिश्र, चारआलीका प्रमुख सेनानी सवेज थापालगायतकाे उपस्थितिमा साे छलफल गरिएकाे हाे ।

छलफलबाट मुख्य नाकाहरुमा हेल्थ डेक्स राख्ने र निपाह भाइरसकाे लक्षण देखिएका तुरुन्तै प्रादेश अस्पताल भद्रपुरमा सुरक्षित रुपमा राखिने निर्णय समेत गरेकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार