मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

भोटेकोशी बाढीमा नीलकण्ठ आधारभूत विद्यालयले गुमायो चार कर्मचारी, नर्स ममता श्रेष्ठसहित परिवार नै बाढीमा

भेषराज नेपाल 149+ समाचार ( )
२० भाद्र २०८३, शनिबार

झापा / भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नीलकण्ठ आधारभूत विद्यालयलाई ठूलो क्षति पुर्‍याएको छ। बाढीमा विद्यालयकी नर्स ममता श्रेष्ठसहित उनको परिवार बगेका छन्। अस्पतालमा उपचारका क्रममा उनका श्रीमान् महेश श्रेष्ठको समेत मृत्यु भएको छ।

ममता विगत चार वर्षदेखि नीलकण्ठ आधारभूत विद्यालयमा नर्सका रूपमा कार्यरत थिइन्। उनले विद्यालयका विद्यार्थीलाई स्वास्थ्य, सरसफाइ तथा व्यक्तिगत स्वच्छतासम्बन्धी जानकारी दिँदै आएकी थिइन्। विद्यालयमा विद्यार्थीको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी ममता आफैं भने भोटेकोशीको बाढीको चपेटामा परेकी हुन्।

बाढीका कारण विद्यालयले ममतासहित चार जना कर्मचारी गुमाएको जनाइएको छ। विद्यालयमा अध्ययनरत करिब २०० विद्यार्थीसमेत अझै सम्पर्कविहीन रहेको बताइएको छ। त्यस्तै, बाढीका कारण झण्डै १०० बालबालिका अभिभावकविहीन बनेका छन्।

एकै घटनामा शिक्षक तथा कर्मचारी गुमाउनुका साथै ठूलो संख्यामा विद्यार्थी सम्पर्कविहीन र बालबालिका अभिभावकविहीन भएपछि विद्यालय परिवार र स्थानीय समुदाय शोकमा डुबेको छ। बाढीपछि प्रभावित विद्यार्थी तथा उनीहरूका परिवारको अवस्था यकिन गर्न खोजी तथा उद्धार कार्य जारी रहेको छ।

भोटेकोशीमा आएको बाढीले मानव बस्ती, विद्यालय, पूर्वाधार र परिवारहरूमा पुर्‍याएको क्षतिको वास्तविक तस्वीर अझै पूर्ण रूपमा बाहिर आउन सकेको छैन। सम्पर्कविहीन विद्यार्थी तथा प्रभावित परिवारको खोजी, उद्धार र पुनर्स्थापनालाई प्राथमिकतामा राख्नुपर्ने अवस्था देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार