मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

रवि दम्पतीविरूद्ध मुद्दा दर्ता

देश प्रदेश डेस्क 5361+ समाचार ( )
७ पौष २०८१, आइतबार

जिल्ला अदालत कास्कीमा आइतबार रवि दम्पतीविरूद्ध मुद्दा दर्ता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र उनकी श्रीमती निकिता पौडेलविरूद्ध मुद्दा दर्ता भएको  हो।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सम्पत्ति शुद्धीकरणमा रविसँगै श्रीमती निकितालाई पनि मुद्दा लगाएको छ।

रविलाई सरकारी वकिलले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरमा प्रतिवादी बनाएको छ।

साथै निकितालाई सम्पत्ति जफत प्रयोजनका लागि मात्रै प्रतिवादी बनाइएको जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन्।

लामिछानेको सम्पत्ति पौडेलमा पनि गएको भन्दै जफत गर्नका लागि प्रतिवादी बनाइएको जनाइएकाे छ ।

रविको मात्रै २७ करोड भन्दा बढीको बिगो मागदाबी गरिएको छ। सम्पत्ति शुद्धीकरणमा मात्रै २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको हो।

यसका साथै लीला पछाई, उनकी आमा राधा पछाई, दिदी गिता पछाई, पूर्व डिआइजी छविलाल जोशी, उनकी श्रीमती पद्मा जोशी बन्जाडे र छोरा रोचक जोशीको पनि सम्पत्ति जफत गर्न माग भएको छ।

पूर्वडिआइजी छविलाल जोशीको ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँको स्रोत नखुलेको हुँदा उक्त रकम मागदाबी गरेको हो। उनीहरूसँगै जिबी राईको पनि सम्पत्ति जफत गर्न माग गरिएको छ। 

आइतबार दर्ता गरिएको पूरक अभियोगपत्रमा ४४ जनालाई प्रतिवादी बनाइएको छ। जसमध्ये ३१ जनालाई सहकारी ठगीमा मात्रै कसुर दायर भएको हो। आठ वटा कम्पनि र पाँच जनाविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो। 

सम्पत्ति शुद्धीकरणमा रवि, छवि, जिबी, उनका साझेदार रामप्रसाद खनाल र लीला पछाईविरूद्ध मुद्दा दायर भएको हो।

यसअघि सरकारी वकिलले शुक्रबार जिबी राईसहित १९ जनाविरूद्ध थप अभियोग दर्ता गरेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार