मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

सञ्चारमन्त्री खरेल राजनितिक दलका शिर्ष नेतासँग भेटवार्तामा

देश प्रदेश डेस्क 5487+ समाचार ( )
११ पौष २०८२, शुक्रबार

झापा / सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले राजनितिक दलका शिर्ष नेतासँग भेटवार्ता गरेका छन् ।

यस अगाडि नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका खरेरलले आजै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयाेजक पुष्पकमल दाहालसँग भेटवार्ता गरेका हुन् ।

सरकारी राजनीतिक संवाद समितिका सदस्य समेत रहेका मन्त्री खरेलले शुक्रबार शिर्षदलका नेताहरुलाई भेटेर समसामयिक राजनीतिक विषयमा छलफल गरेकाे स्रोतले जनाएको छ। भेटमा आगामी प्रतिनिधि सभा निर्वाचनको तयारी, निर्वाचन वातावरण निर्माण र प्रमुख राजनीतिक दलहरूबीच सहमति कायम गर्ने विषयमा कुराकानी भएको बताइएको छ।

भक्तपुरको गुण्डुस्थित निवास पुगेर खरेलले ओलीसँग भेट गरेका छन् । भेटका क्रममा समसामयिक राजनीतिक अवस्थाका साथसाथै फागुन २१ गते तोकिएको निर्वाचनका सन्दर्भमा छलफल भएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ ।

सो क्रममा सञ्चारमन्त्रीले ओलीलाई शनिबार तय भएको तीन दलका शीर्ष नेता र प्रधानमन्त्रीबिचको वार्ताका लागि निम्तापनि दिएको बताइएको छ । यसअघि आजै खरेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेटेका थिए भने ओलीपछि प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

प्रतिनिधि सभा निर्वाचन गर्ने तयारी गरिरहेका बेला भएको भेटघाटलाई राजनीतिक दलहरूबीच सहमति खोज्ने प्रयासका रूपमा हेरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार