मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

झापाका पालिकाका प्रमुखहरूको जिल्ला स्तरीय बैठक हल्दिबारीमा सम्पन्न

देश प्रदेश डेस्क 5476+ समाचार ( )
१९ पौष २०८०, बिहीबार

झापा झापाका नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरूको जिल्ला स्तरीय बैठक पौष १९ गते हल्दिबारी गाउँपालिकामा सम्पन्न भएको छ।

झापाका सबै स्थानीय निकायका प्रमुखहरुको बिचमा आपसी छलफल,असल अभ्यास र अनुभव आदानप्रदान तथा विभिन्न विषयमा नगरपालिका तथा गाउँपालिकाले गरेका प्रगती तथा चुनौतीको बारेमा बुझ्ने उद्देश्यले २ महिना अघि सुरु गरिएको भेटघाट प्रत्येक महिना छुट्टाछुट्टै स्थानीय निकायमा भेला हुने हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले जानकारी दिए।

छलफलमा जुन स्थानीय निकायमा अवलोकन कार्यक्रम तय हुन्छ त्यहाँ भएको कुनै विषेश विषयमा प्रस्तुतिकरण गर्ने गरिएको थियो जसमा आज हल्दिबारीमा शिक्षाको क्षेत्रमा गरिएको प्रगती तथा नविनतम प्रविधिको बारेमा प्रस्तुति रहेको थियो।
हल्दिबारी गाउँपालिका कक्षा १२ सम्म निशुल्क शिक्षा रहेको छ भने हल्दिबारी नमुना माध्यमिक विद्यालयमा प्राविधिकधार तर्फ बालीविज्ञान निशुल्क पढाई भईरहेको छ।

यसैगरी हल्दिबारीका अविभावकहरूले घरमै बसेर विद्यालयको गतिविधि अवलोकन गर्ने सिसिक्यामरा एप्स पनि रहेको छ भने एसि सहितको बालशिक्षा संचालन भईरहेको छ भने मेचे जातिको मातृभाषा पनि
पाठ्यक्रम तयार गरेर दिपेन्द्र आधारभूत विद्यालयमा पढाई भईरहेको पनि जानकारी गराईएको थियो।

हल्दिबारीको प्रस्तुति पश्चात् कार्यक्रममा सहभागी ८ वटा स्थानीय निकायका प्रमुखहरुले आफ्नो ठाउँको शिक्षा को गतिविधि जानकारी गराएका थिए।
कार्यक्रममा गौरीगञ्ज,गौरादह र झापा गाउँपालीका तथा भद्रपुर, मेचीनगर, कन्काई, शिवसताक्षी दमक नगरपालिकाका प्रमुखहरू तथा शिक्षा शाखाका प्रमुखहरू सहभागी भएका थिए।
हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले स्वागत गरेकी थिइन्।

प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) , ५ वटा वडाका वडाध्यक्षहरू क्रमशः देवीबहादुर थापा, शुकलाल राजवंशी, विष्णु ओली, सन्तकुमार थापा र खड्ग लावती लगायत जनप्रतिनिधिहरू, विभिन्न शाखाका शाखा प्रमुखहरू तथा कर्मचारीहरूको सहभागिता रहेको कार्यक्रमको संचालन योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।
कार्यक्रमको अन्त्यमा अतिथिहरूलाई हल्दिबारीमा उत्पादन गरिएको हल्दिबारीको हल्दी, चिया मायाको चिनोको रूपमा हस्तान्तरण गरिएको थियो भने आगामी बैठक गौरीगञ्ज गाउँपालिकामा बस्ने तय भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार