मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

झापाको भद्रपुरमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरू

देश प्रदेश डेस्क 5361+ समाचार ( )
२८ भाद्र २०८१, शुक्रबार

झापा झापाको भद्रपुरमा  कोशी प्रदेशस्तरीय पुरुष खुला डबल्स तथा भेट्रान्स डबल्स ब्याडमिन्टन प्रतियोगिता सुरू भएकाे छ  । भदौ २८ गतेदेखि ३० गतेसम्म भद्रपुरको मेची रंगशालामा रहेको कभर्ड हलमा सञ्चालन  प्रतियोगिता शुक्रबार विहानबाट सुरू भएकाे हाे । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख गणेश पाेखरेल र झापाका प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाद वास्ताेलाले ब्याडमिन्टन खेलेर उदघाटन गरेका थिए ।

आयोजक झापा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिपेश ढकालकाे सभापतित्व एवम नगर प्रमुख पाेखरेलकाे प्रमुख आतिथ्यमा सुरू भएकाे कार्यक्रममा  पुरुष खुला डबल्समा २१ जोडी र भेट्रान्स डबल्समा २६ जोडीले प्रतियोगितामा भाग लिनेछन् । प्रतियोगिता पुरुष डबल्स र भेट्रान्स डबल्स (१०० प्लस) गरी दुई विधामा सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालका उत्कृष्ट १६ र्‍यांकिङ खेलाडीले भने भाग लिन पाउने छैनन् ।

भेट्रान्स डबल्स विधामा भने ४५ वर्ष उमेरमाथिका खेलाडीले मात्र सहभागिता जनाउन पाउने अध्यक्ष ढकालले जानकारी दिए ।

प्रतियोगिताका खुलातर्फका विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने संघका अध्यक्ष ढकालले जानकारी दिए । त्यस्तै, दोस्रो हुनेले नगद ३० हजार र तेस्रो हुनेले नगद १०–१० हजार, ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

भेट्रान्सतर्फका विजेताले नगद ४० हजार रुपैयाँ, ट्रफी र मेडल पाउँदा दोस्रो हुनेले नगद ३० हजार रुपैयाँ, ट्रफी र मेडल तथा तेस्रो हुनेले नगद १०/१० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने छन् ।

पहिलोपटक सञ्चालनमा आएकाे प्रतियोगितालाई सलोनी टि कपले प्रायोजन गरेको अध्यक्ष ढकालले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै