मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

झापाको बुद्धशान्तिमा बेवारिसे नवजात शिशु भेटिए

देश प्रदेश डेस्क 5486+ समाचार ( )
३ कार्तिक २०८२, आइतबार

झापाको बुद्धशान्तिमा बेवारिसे नवजात शिशु भेटिएको छ गएराति अन्दाजी ९ बजे बुद्धशान्ति गाउँपालिका वडा न.७ सुनमाईस्थित सीमा आचार्यको घरको अगाडीको वरन्डामा अन्दाजी ४–५ दिनको जस्तो देखिने शिशु (छोरी) बेवारिसे अबस्थामा भेटिएको हो । सोही घरमा भाडा लिई बस्ने ताप्लेजुङ श्रीजगा ७ बस्ने ओमप्रकाश तुमीहाङ लिम्बूले देखेर इलाका प्रहरी कार्यालय बुधबारेमा जानकारी गराएका थिए ।

ती शिशुलाई कसले छोडेको हो भनेर थाहा हुन सकेको छैन । इप्रका बुधबारेको टोली खटिएर स्थानीय, भद्रभलादमी तथा जनप्रतिनिधिको समन्वयमा ती शिशुलाई प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । शिशुको अबस्था समान्य रहेको छ । त्यसवारे थप अनुसन्धान तथा बुझ्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

योसंगै करिव एक वर्षको अवधिमा झापामा चारजना जीवित नवजात शिशु बेवारिसे अबस्थामा फेला परेका छन् । यसअघि गत वर्षको मंसिर २३ गते बुद्धशान्ति गाउँपालिका वडा नं. ४ धर्ममार्गस्थित किरण मगरको खाली घरमा रहेको कुखुराको खोरमाथि नवजात शिशु फेला परेका थिए । दुई दिनको जस्तो देखिने जीवित नवजात शिशु (छोरी) तन्ना, सुरुवाल,भेलभेटको तौलीमा पोको पारी छोडेर गएको अबस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीया मिना लिम्बूले घाँस काट्न जाँदा फेला पारेकी थिइन् ।

त्यस्तै गत वर्षको कात्तिक २९ गते मेचीनगरको निन्दा खोलानजिकै घारीमा सालनालसहितको नवजात शिशु फेला परेका थिए । मेचीनगर ११ सृजना टोल बस्ने ३७ वर्षीया इन्दिरा प्रसाई (अधिकारी) ले मर्निङ वाक गर्ने क्रममा ती नवजात शिशुलाई फेला पारेकी थिइन् ।

त्यस्तै गत वर्षको भदौ १२ गते साँझ भद्रपुर नगरपालिका वडा नं. ७ को चन्द्रगढी हुँदै फूलबारी टोल जाने बाटो छेउको झाडीमा एक नवजात शिशु बेवारिसे भेटिएका थिए । ती बेवारिसे भेटिएका तीनजना शिशुलाई पालनपोषणका लागि विभिन्न व्यक्तिहरुलाई जिम्मा लगाइएको थियो । त्यसमध्ये एकजना शिशुको मृत्यु भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार