मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

यातायात मन्त्रीको गाडी जलाइयो

देश प्रदेश डेस्क 5489+ समाचार ( )
१३ पौष २०८०, शुक्रबार

झापा । दक्षिण कोरियामा रोजगारीका लागि जान लिइने परीक्षा  रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको विषयलाई लिएर प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनीसमेत गरेका छन्।

बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा  जढेर पार्टीको बैठकमा सहभागी हुन जाँदै गरेका मन्त्री ज्वालालाई निकालेर प्रदर्शनकारीहरूले गाडीमा आगजनी गरेका हुन्। आगजनीबाट गाडी पूर्णरूपमा ध्वस्त भएको बताइएको छ।

 इपिएस कार्यालय ग्वार्कोमा प्रदर्शन गर्न पुगेको युवाहरूको समूहले प्रदर्शन गर्दा बालकुमारी क्षेत्रको सडक अवरुद्ध भएको छ। कोरिया भाषा परीक्षाका लागि सिप बिल्डिङमा अनुत्तीर्ण भएका १८ जना आवेदकहरूले मात्रै आवेदन दिन पाउने बताइएको थियो। उच्च अदालत पाटनको अन्तरिम आदेशपछि इपिएस कोरिया शाखा कार्यालय ग्वार्कोले सुरज पाठकसहित १८ जनालाई मात्रै आवेदन फाराम भर्नका लागि बोलाएको थियो।​​

सिप बिल्डिङमा करिब ३० हजारको हाराहारीमा युवाहरूले परीक्षा दिएका थिए। त्यसमा करिब ३९ सयको हाराहारीमा मात्र उत्तीर्ण भएका र बाँकी अरू सबैले आवेदन दिन पाउनुपर्ने माग गर्दै आएका थिए।
अन्यको हकमा भने इपिएस शाखाले पुस ६ मा  खुलाएको आवेदनमा करिब एक लाख ४३ हजार युवाले दरखास्त दिइसकेका छन्। उनीहरूको परीक्षाको मिति भने तोकिन बाँकी छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार