मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

सर्वाेच्च अदालतमा ७ जना सांसद विरुद्धकाे रिट आज सुनुवाइ हुँदै

देश प्रदेश डेस्क 5486+ समाचार ( )
६ जेठ २०८१, आइतबार

झापा । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अशोक राई नेतृत्वमा गठित जनता समाजवादी पार्टीका ७ जना सांसदलाई विश्वासको मतमा सहभागी नगराउन माग गर्दै सर्वाेच्चमा दायर गरेको रिट आज सुनुवाइ हुँदैछ।

अध्यक्ष यादवका तर्फबाट आइतबार एक अधिवक्ताले सर्वोच्चमा रिट दिएका थिए। उक्त रिटमा सुनुवाइ गर्न सोमबारका लागि पेशी तोकिएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने कार्यसूची छ।

जसपा नेपालका अध्यक्ष यादवले प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि सर्वोच्चमा रिट दिएका हुन्।

यादव नेतृत्वको जसपा नेपाल गत वैशाख ३१ गते संघीय सरकारबाट हटेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो।

जसपा नेपालले विश्वास मत फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वास मत लिन लागेका हुन्। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट छुट्टिएर अशोक राईसहित ७ जना सांसदले २०८१ साल वैशाख २३ गते छुट्टै दल दर्ता गराएका थिए।

निर्वाचन आयोगले उक्त दललाई वैशाख २४ गते दर्ता गरेको थियो। आयोगको निर्णयविरूद्ध उपेन्द्र यादवले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि जेठ ८ गतेका लागि बोलाएको थियो।

सर्वोच्चले दल विभाजन सम्बन्धी कतिपय काम कारबाही भइरहेको भन्दै त्यसलाई यथास्थितिमा राख्न समेत निर्देशन दिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार