मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

उपभोक्ता महिलालाई चन्द्रगढी वनद्वारा घरायसी सामान बनाउने तालिम

देश प्रदेश डेस्क 5489+ समाचार ( )
५ आषाढ २०८१, बुधवार

झापा । वनमा आबद्ध महिला उपभोक्ताहरूका लागि दैनिक रुपमा आवश्यक घरायसी सामान बनाउने तालिम सञ्चालन गरेको छ । भद्रपुर नगरपालिका-९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले  वार्षिक कार्यक्रमअनुसार गरिबी न्यूनीकरण तथा महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत महिला उपभोक्ताहरूका लागि साबुन, हार्पिक, सर्फ र फिनेल बनाउने तालिम सञ्चालन गरिएको समूहका कोषाध्यक्ष अनुज खतिवडाले जानकारी दिए ।

चार दिनसम्म चल्ने तालिमको  बुधबार  भद्रपुर नगरपालिका वडा न ९ का वडाध्यक्ष रामप्रसाद दाहालले उदघाटन गरे । वनका अध्यक्ष दुर्गाप्रसाद भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष दाहालले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतारी स्वरोजगार बन्न सहभागी महिलाहरूलाई आग्रह गरे । 

अध्यक्ष भट्टराईले तालिमको औचित्य प्रस्ट्याउँदै वनमा आबद्ध कोही परिवार वा उपभोक्ता सीपको अभावका कारण बेरोजगार बन्नु नपरोस् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको उल्लेख गरे । उद्घाटन कार्यक्रमको सञ्चालन वनकी सदस्य मञ्जु अधिकारीले गरेकी थिइन् ।

यही असार ८ गते शनिबरसम्म सञ्चालन हुने तालिममा प्रशिक्षकको रुपमा रुद्रप्रसाद भट्टराई र सीता बानियाँ रहेको कोषाध्यक्ष खतिवडाले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार