मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

बजेट अध्यादेश ल्याउने योजना तुहियो

देश प्रदेश डेस्क 5487+ समाचार ( )
७ भाद्र २०८०, बिहीबार

झापा । बजेट अध्यादेश ल्याउन कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको चालु तेस्रो तथा हिउँदे अधिवेशन मध्यरातमा अन्त्य गरेपनि योजना सफल हुन सकेन ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख खापुङले बुधवार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका थिए । सर्वोच्च अदालतले मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारलाई कामचलाउ बनाइदिएपछि बजेट अध्यादेश ल्याउने योजना तुहिएको हो । प्रदेश सरकार मन्त्रिपरिषद्को बुधवार राति ८ बजे बसेको बैठकले हिउँदे अधिवेशन अत्यका लागि प्रदेश प्रमुख खापुङसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । प्रदेशलाई बजेट शून्यतामा जान नदिन अधिवेशन अन्त्य गरी प्रदेश सरकारले तत्कालीन हिक्मतकुमार कार्की नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको चालु आर्थिक वर्षको बजेट फिर्ता गरी बजेटसम्बन्धी अर्को अध्यादेश ल्याउने तयारी गरेको थियो ।

मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्ष इस्राइल मन्सुरीको मतले लिएको विश्वासको मतको विरुद्धमा प्रमुख प्रतिपक्षी दल एमालेका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा बुधबार रिट निवेदन दायर गरेपछि हतारोमा अधिवेशन अन्त्य गरेर बजेटसम्बन्धी अर्को अध्यादेश ल्याउन लागेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार