मुख्य समाचार
राजमार्गको दुवै किनारमा अवस्थित झापाका दुई आस्थाका केन्द्र | कोलोम्बियामा शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको संख्या १११ पुग्यो | भद्रपुर नगरपालिकामा नीतिगत भ्रष्टाचार: बिना मापदण्ड कन्टिजेन्सी खाताबाटै बाडियो झण्डै १० लाख प्रोत्साहन भत्ता | झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार |

भद्रपुरमा रथ यात्राको तयारी तीव्र

देश प्रदेश डेस्क 5366+ समाचार ( )
७ भाद्र २०८१, शुक्रबार

झापा नगरको पहिचान र गौरव बन्दै गएको भगवान श्रीकृष्ण रथयात्रा यो वर्षपनि सभ्य र भव्य तरिकाले सम्पन्न गरिने भएको छ । विगत २२ वर्षदेखि झापाको सदरमुकाम भद्रपुरमा मनाइँदै आइरहेको भगवान् श्री कृष्ण रथयात्राको यो बर्षको तयारी तीव्र रुपमा भइरहेको  आयोजकले जनाएको हो ।
विगतका वर्षमा काठको पाङ्ग्रा भएको जीर्ण रथका कारण यात्रामा कठिनाइ भएपछि नगरले तीनबर्ष यताबाट टायरको पाङ्ग्रासहित फलामले बनाइएको नयाँ रथ सञ्चालनमा ल्याएपछि यसको रौनक बढेर गएको भगवान श्री कृष्ण रथयात्रा उत्सव समितिले जनाएको छ ।
आयोजक समितिले दिएको जानकारी अनुसार साेमबार (१० गते) साँझ झाँकी र मंगलबार (भदौ ११ गते) विहान पूजापाठ गरेर दिउँसाे २ बजेबाट भद्रपुर स्थित लक्ष्मीनारायण मन्दिरबाट रथयात्रा शुरु हुनेछ  । योबर्ष आपगाछी र ज्ञानेचोक रथ यात्रा नगइ झापा चौक, भानुचौक, सङ्गम, सगरमाथा, गायत्री मन्दिर ,गार्भेण्ट चौक, लेखनाथ चोक हुदै चन्द्रगढीको ट्रेड यूनियन, एसपी मोड, क्याम्पस मोड, प्रादेशिक अस्पताल, गणेश मन्दिर जनता चौक हुदै पुनः भद्रपुरको लक्ष्मीनारायण मन्दिर पुगेर लाखेको बधगरी सम्पन्न हुने समितिका कोषाध्यक्ष मुकेश मित्रुकाले जानकारी दिए । यात्रमा विभिन्न सङघ संस्था,उद्योगी,व्यवसायी,स्थानीय, धर्मानुरागी लगायतले रथको पूजा गर्दै सर्वत वितरण गर्ने कार्यक्रम रहेको उनले जनाए ।

नगरका धार्मिक व्यक्तित्व, समाजसेवी, नगरवासी, उद्योगी, व्यापारी र राजनीति दलको प्रयासमा तत्कालिन वसन्त तुलाधरको अध्यक्षतामा समिति गठन गरी वि.सं. २०५९ सालमा काठको पाङ्ग्रा भएको रथ बनाएर भद्रपुरमा पहिलो पटक रथयात्रा सञ्चालन गरेको इतिहास छ । एकलाख एक हजार चन्दा सङ्कलन गरी सुरुवात गरिएको रथ जीर्ण बनेपछि समितिले हरेक वर्ष जीर्ण रथलाई मर्मत सम्भार गरी सञ्चालन गर्दै आइरहेका थिए । नयाँरथ बनाउनका लागि नगरपालिकाले तीनबर्ष अघि १० लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो । नेपालमा रथ बनाउन खर्च बढी लाग्ने भएपछि भारतको सिलगुढीमा बनाएको थियो । जन्माष्टमीदेखि रथयात्रा सञ्चालन गर्न लाग्ने खर्च विभिन्न दाताबाट सङ्कलन गर्दै आइरहेको समितिका कोषाध्यक्ष मित्रुकाले बताए । नगरको पहिचान र गौरव बन्दै गइरहेको रथयात्रालाई भव्यता दिन किरण भारतीको अध्यक्षतामा २२ जना सदस्य र १७ सदस्य रहेको सल्लाहकार सहितको भगवान श्रीकृष्ण रथयात्रा उत्सव समारोह समिति गठन गरिसकेको छ । समितिमा विभिन्न संस्था तथा व्यक्ति रहेका छन् ।

रथ यात्रामा विभिन्न प्रकारका इतिहास झल्किने झाँकीसहित जातजातीका भेषभुषा प्रर्दशनी हुने उनले बताए । यात्रालाइ सफल बनाउन सम्पूर्ण सुरक्षा निकाय,स्वम सेवक परिचालन हुने उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार