मुख्य समाचार
बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने |

झापाकी दौपती दुई वर्षीय छोरासहित बेपत्ता

देश प्रदेश डेस्क 5487+ समाचार ( )
१ माघ २०८०, सोमबार

झापा । झापाको शिवसताक्षी नगरपालिका-५ स्थित भेलामनी निवासी २६ वर्षीय दौपती ताजपुरिया गत पुस २६ गतेदेखि बेपत्ता भएकी छिन् । दुई वर्षीय छोरा रोहण ताजपुरियासहित उनी बेपत्ता भएपछि उनका परिवार चिन्तित बनेका छन् ।  घरबाट २६ गते बिहीबार बिहान १० बजे माइत जान्छु भनेर घरबाट निस्किएकी ताजपुरिया हालसम्म सम्पर्कमा नआएको उनका ससुरा भानुदेव ताजपुरियाले बताए। कालो ज्याकेट र कुर्था सुरुवाल र झम्परजस्तो स्विटर लगाएर घरबाट हिँडेकी दौपतीको खोजीका लागि माइती पक्ष पनि लागि परेको उनले बताए । 

छोरा रोजगारीका लागि वैदेशिक रोजगारीमा रहेको बताउँदै बुहारीलाई कसैले देखेको खण्डमा नजिकको प्रहरी कार्यालय, शिवसताक्षी नगरपालिका ५ नम्बर वडा कार्यालय वा मोबाइल नम्बर ९८१५९७६७६८ मा सम्पर्क गरिदिनुहुन उनले अनुरोध गरेका छन् । ५ फुट उचाइकी गहुँगोरो वर्णकी भएकी दौपती छोरो समेत गहुँगोरै वर्णको रहेको उनको भनाई छ । आफ्नी बुहारी हराएपछि उनले हुलियासहित प्रहरी कार्यालयमा उजुरी दिएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै