मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

भारत तर्फ लादेै गरेका गाई-गोरुसहित एउटा गाडी नियन्त्रणमा

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२८ भाद्र २०८०, बिहीबार

झापा ॐकार सेना नेपालले गाई गोरुसहित एउटा गाडी नियन्त्रणमा लिएको छ ।

सताक्षीधामका प्रमुख सन्त नन्दकिशोर महाराजको नेतृत्वको ॐकार सेना नेपालले तस्करीको माध्यमबाट भारत लैजान लागेको पाँच वटा गाई र २ वटा गोरु नियन्त्रणमा लिएको हो । मे १ च ५६९३ नम्बरको पिकअप गाडीमा गाईगोरु खाँदाखाँद गरी कष्टपूर्ण तरिकालाई सीमा नाकामा तर्फ लैजान खोजिएको थियो । 

सोही क्रममा गाडी नियन्त्रणमा लिएर गाईगोरुलाई उद्धार गरी सताक्षीधाम गौशाला पठाइएको छ । गाडी धनी हाविल अलिलाई आइन्दा यस्तो कार्य नगर्ने लिखित प्रतिबद्धता गराई गाडी छाडिदिएको सन्त नन्दकिशोर महाराजले जानकारी दिए । दमक नगरपालिकाबाट झापा गाउँपालिका हुँदै भारततर्फ बद्ध गर्ने उद्देश्यले गाई गोरु लगिरहेको अवस्थामा नियन्त्रणमा लिएको उनले बताए । 

पछिल्लो समयमा कोसी प्रदेशका विभिन्न भागहरूमा गाईगोरु काटेर खाएको भन्दै सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि जातीय र धार्मिक विवाद चुलिएको छ । यस अगाडि पनि ॐकार सेना नेपालले विज्ञप्ति जारी गर्दै गाईगोरु तस्करी गर्ने जो कसैलाई पनि कारबाही गर्ने चेतावनी दिएको थियो । जिल्लाको गौरीगञ्ज, झापा, मेचीनगरको ज्यामिरगढी, नकलबन्दा र बाहुण्डाँगीबाट गाईगोरु तस्करी भइरहेको स्रोतको दाबी छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार