मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

भद्रपुरमा आगलागी, दुईवटा घर जल्यो, साढे ५ लाखको क्षति

देश प्रदेश डेस्क 5488+ समाचार ( )
१ अशोज २०८०, सोमबार

झापा । भद्रपुरमा दुई वटा घरमा आगलागी हुँदा साढे ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । भद्रपुर नगरपालिका– ५ स्थित झिम्कीचोक निवासी रोहित कामती र सोही ठाउँका अजय रसाइलीको घरमा सोमबार दिउँसो सवा ४ बजेको आगलागी भएको थियो । 

कामतीको घरमा खाना पकाउने ग्यास सिलिन्डरबाट ग्यास लिक भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 
कामतीको टिनको छानो, टिनको बेरा भएको एक तले घर, भाडावर्तन, लत्ता कपडा, फ्रिज लगायतका सरसामान जल्दा करिब ४ लाख रुपैयाँ क्षति भएको छ । 
त्यस्तै रसाइलीको टिनको छानो, टिनको बेरा भएको घर आंशिक रुपमा जल्दा करिब डेढ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
घरमा लागेको आगो भद्रपुर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिएको थियो । आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार