मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

वाणिज्य बैंकका तत्कालीन म्यानेजरसहित ४ जना भ्रष्टाचारी ठहर

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२७ जेठ २०८१, आइतबार

झापा विशेष अदालत काठमाडौँले सडक निर्माणको ठेक्का हात पार्ने प्रयोजनका लागि गलत लिखतका आधार बैंक ग्यारेन्टी राख्ने कार्यमा संलग्न राष्ट्रिय वाणिज्य बैंक जुम्लाका तत्कालीन म्यानेजरसहित ४ जना भ्रष्टाचारी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले उनीहरूलाई दोषी ठहर गर्ने सजाय आइतबार सुनाएको हो । 

विशेषले तीनवटा ठेकेदार कम्पनी र राष्ट्रिय वाणिज्य बैंकका म्यानेजर रामजनक चौधरीसहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो । सोनापुर सिमेन्ट फ्याक्ट्री जाने सडक निर्माणको ठेक्का पाएको तीनवटा कम्पनीले बैंक ग्यारेन्टी राख्न क्रममा गलत लिखत तयार पारी बैंक ग्यारेन्टी राखेको र उक्त गलत लिखतमा वाणिज्य बैंक जुम्लाका तत्कालीन म्यानेजर रामजनक चौधरीले सहयोग गरेको अख्तियारको आरोप पत्रमा दाबी गरिएको थियो । 

विशेषले बैंकका म्यानेजर चौधरीलाई दश महिना कैद र ४० हजार जरिवाना गर्ने फैसला सुनाएको छ । त्यस्तै ठेकेदारहरू माधवप्रसाद भण्डारी,अर्जुनबहादुर बुढाथोकी र पुन्नबहादुर शाहीलाई पाँच महिना कैद र २० हजार जरिवाना गर्ने फैसला सुनाएको छ। 

सडक कार्यालय, दाङ अन्तर्गत ठेक्कामा पेस्की लिन विटी/टौदह/फस्कु जेभीले गलत लिखत तयार पारी राष्ट्रिय वाणिज्य बैंक जुम्लामा बुझाएको र उक्त लिखत गलत हो भन्ने थाहा पाउँदापाउँदै पनि बैंकका म्यानेजर लाभ लिएर स्वीकृत गरेको अभियोग पत्रमा उल्लेख छ । 

१९ लाख ५० हजार रुपैयाँ पेस्कीसमेत लिइसकेको उक्त अवस्थामा अनुसन्धान हुँदा गलत लिखत तयार पारिएको पाइएकाले गलत लिखतसम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो । 

ठेक्का नम्बर ०३–०७०/०७१ सोनापुर सिमेन्ट फ्याक्ट्री सडक निर्माणमा राष्ट्रिय वाणिज्य बैंक, जुम्लाका तत्कालीन शाखा प्रबन्धक रामजनक चौधरीले विटी/टौदह/फस्कु जेभीको तर्फबाट मध्यपश्चिम सडक डिभिजन कार्यालय नम्बर २, दाङ, घोराहीको पक्षमा फर्जी अग्रिम भुक्तानी जमानी पत्र र सो जमानी पत्रको नवीकरण गरेको फर्जी अग्रिम भुक्तानी जमानत पत्रहरूमा हस्ताक्षर गरी गलत लिखत तयार पारेको अख्तियारले जनाएको छ ।

त्यस्तै गलत लिखत तयार पार्ने कार्यमा संलग्न विटी/टौदह/फस्कु जेभीका सदस्यहरू माधव प्रसाद भण्डारी, टौदह कन्स्ट्रक्सनका प्रतिनिधि पुन्न बहादुर शाही र फस्कु निर्माण सेवाका प्रोप्राइटर अर्जुन बहादुर बुढाथोकीविरुद्ध मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै